सुदूरपश्चिमका १६ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण



सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १६ स्थानीय तहका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न १६ ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको रोहबरमा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

प्रदेश सरकारले गएको असार ३१ गते पहाडी जिल्लाका लागि भनेर अत्याधुनिक सेवा–सुविधासहितका १६ ओटा एम्बुलेन्स खरिद गरेको थियो । सरकारले एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७५र०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५०० रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यसअघि, सुदूरपश्चिम प्रदेशका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डरबाहेकका सुविधा नहुँदा बिरामीले सास्ती व्यहोर्दै आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्