९ बर्षकै कलिलो उमेरमा पानी बेचेर परिवार पाल्दै

पानी बेच्ने अर्चनालाई मासीक १० हजारको घोषणा


बा–आमाले अति कष्ट ब्यहोरेर आफ्ना सन्तानको भरणपोषण गर्ने गरेको कुरा त सबैलाई थाहा छ । तर, एउटी ९ वर्षीया बालिकाले पानी बेचेर आमा पालेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

३ कक्षामा अध्ययनरत अर्चनाको दैनिकी दर्दनाक छ । बाल्यकालमै उनले आमाको उपचारका लागि गर्नुपरेको संघर्षले जोकोहीको आँखा रसाउँछ ।

९ वर्षीया अर्चना पराजुलीले काठमाण्डौंको बसन्तपुर दरबार क्षेत्रमा पानी बेचेर आफ्नी आमा अम्बिकालाई पालिरहेकी उनलाई पछिल्लो समय चौतर्फि रुपमा सहयोग जुट्न थालेको छ । मुटुकी बिरामी आमाको उपचारका लागि हरेक दिन बिहानै पानी बेच्नु अर्चनाको दैनिकी नै बनेको छ । दिनभर पानी बेच्ने गर्दछिन् उनी । केही रकम जम्मा भएपछि आमाको उपचारका लागि अस्पताल लैजाने तयारीमा उनी रहेकि छन् ।

आमाको उपचारको लागि रकम संकलन गरीरहेकि अर्चना मंगलबार चर्चित नेपाली टेलिभिजन कार्यक्रम ईन्द्रेणिमा पुगेकि थिईन् । ईन्द्रेणिमा पुग्दा उनलाई थप सहयोग र साथ मिलेको छ । अर्चनाको अवस्था संञ्चार माध्ययममा सार्वजनिक भए संगै सहयोग गर्दै आएका मनोज ठकुरीले आफूले अर्चनाको दिदिलाई कक्षा दश अर्थात एसईई सम्मको अध्ययनको लागि सहयोग स्वरुप मार्षिक रु दश हजार सहयोग गर्ने बताएका छन ।

अर्चनाले पानी नबेचे डेरामा चुल्हो बन्दैन । पाँच वर्षदेखि निरन्तर पानी बेचिरहेकी अर्चना विद्यालय त जान्छिन, तर फर्कनेबित्तिकै बजार निस्कन हतार हुन्छ । किनकि, उनलाई मुटुरोगी आमाका लागि खानासँगै उपचार गर्ने रकम जोहो गर्नु छ । भविष्यमा आफू शिक्षक बन्ने लक्ष्य बनाएकि अर्चनाको भविष्य कस्तो रहला त ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्