विदेशी लगानीमा संञ्चालित कलेजलाई सरकारको १५ दिने अल्टिमेटम



सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । उनले १५ दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा नगरे खारेज गर्ने चेतावनी समेत दिए ।

मन्त्री पोखरलेका अनुसार शिक्षा निर्देशिका समेत संशोधन भएकाले यसरी चलेका शैक्षिक संस्था नयाँ निर्देशिका अनुसार सवै खारेज गर्नुपर्ने भएकाले उनीहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको समयावधि दिइएको हो ।

एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाण्डौ, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल, मल्टी इन्टरनेश्लन काठमाण्डौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाण्डौ, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाण्डौ, काठमाण्डौ भ्याली स्कुल काठमाण्डौँ, ओरिएन कलेज काठमाण्डौ, पेन्टागन एजुकेशन काठमाण्डौँ, एपेक्स लाइफ स्कुल काठमाण्डौँ साउथ वेस्टन स्टेट कलेज काठमाण्डौँ, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।

त्यस्तै कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्