प्याराग्लाडिङ्गको उत्तम गन्तव्य बन्दै नुवाकोटको सुइरे चौर




राजधानि काठमाण्डौबाट नजिकै रहेको नुवाकोट जिल्लाको पुर्वि भेगमा रहेको शिवपुरी गाउँपालिकाको वडा नं ७ सुनखानिको ‘सुइरे चौर’ प्याराग्लाडिङ्गको उत्तम गन्तव्य बन्दै गएको छ ।

सात जिल्लाको दृश्य देखिने र रमणीय स्थान रहेको सुइरे चौरबाट लाङटाङ हिमाल, गणेश हिमाल, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ । त्यसैले पनि आन्तरिक तथा बाह्य पर्यटकिय स्थलको रुपमा परिचित हुदै गएको छ ।

खुल्ला आकाशमा पन्छि जस्तै स्वतन्त्रपूर्वक उडेर खेलिने साहसिक खेलको रुपमा रहेको प्याराग्लाडिङ्ग प्रतिको आर्कषण पछिल्लो समय युवापुस्तामा बढ्न थालेको छ । ‘प्याराग्लाडिङ्गको लागि हावाको स्तर मिल्नुपर्ने र त्यस्तो वातावरण सुइरे चौरमा पर्याप्त भएकाले पनि प्याराग्लाडिङ्गको लागि सुइरे चौर उत्तम स्थान रहेको प्रशिक्षक विवि सिन्ताले बताईन ।’

जाडो तथा चिसो मौसम सुरु भए संगै त्यहाँ नेपालका विभिन्न स्थानबाट बनभोज तथा पिकनीक आउनेको सङख्यामा पनि वृद्धि भईरहेको छ । त्यसका साथै यस क्षेत्रको विकाशको लागि प्याराग्लाडिङ्ग आए संगै पर्यटन आगमनमा पनि वृद्धि हुने प्रति स्थानियहरु खुसि भएका छन ।

समग्र नुवाकोटको विकाशको लागि आफू पहिलेबाट नै प्रयत्नरत रहेको र त्यस मध्येको एउटा महत्वपूर्ण आधार प्याराग्लाडिङ्ग भएको नेकपा नुवाकोटका पूर्व प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रकाश लोहोनीले बताए । उनको अनुसार,‘ठाउँको विकाशको लागि प्याराग्लाडिङ्ग महत्वपूर्ण भएकाले पनि यसलाई व्यवस्थापनको प्रक्रियामा आफू सक्रिय रहेको र अन्य विकाशका कार्यहरु पनि आगामी दिनमा प्याकेजकै रुपमा ल्याउने बताए ।’

सुइरे चौर काठमाडौको सामाखुसी चोक देखि १२÷१३ किमिको दुरीमा अवस्थित छ । मनमोहक र शिवपुरी राष्ट्रिय निकुन्जकै काखमा अवस्थित यस स्थान नाम झै सुर्यको नजिक पुग्ने नेपालको कमै स्थानहरु मध्येको एक हो । लयो स्थान शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज संग जोडिएको छ ।

अब हेर्नुहोस् यो भिडियो सुइरे चौरको मनोरम दृश्य सहित

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्