हतियारसहित ३ जना पक्राउ



सैघाली खबर,
नेपालगञ्ज, ३० असोज। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लामा अवैधरुपमा हात हतियारको कारोबार हुने गरेको सार्वजनिक गरेको छ ।
सोमबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले अवैधरुपमा हात हतियारको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनीस्थित शान्ति चौक नजिक जाँच गर्नेक्रममा कटुवा पेस्तोल फेला पारिएको जानकारी दिनुभयो ।

प्रहरीले कटुवा पेस्तोलसहित नेपालगन्ज–२२ पुरैनीका श्यामता लोनिया, डुडुवा गाउँपालिका–३ सुलालपुरवाका बाबुलाल पासी र डुडुवा–४ का भुण्डापुरुवाका शेर अली बागवानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भईरहेको बताउँदै एसपी तामाङले थप विवरण खुल्न बाँकी रहेको बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्