पर्यटक लुट्ने कांग्रेस नेतासहित आठ पक्राउ



भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोप लागेका नेपाली कांग्रेसका एक नेतासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काभ्रेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिलबहादुर दोङसहित आठ जनालाई एक साता अघि नै पक्राउ गरिएको हो ।
१२ जनालाई पक्राउ गरिएको भएपनि अन्य ४ जनालाई भने हिरासतमा राख्नु पर्ने कारण नदेखिएको प्रहरीको भनाइ छ ।
उनीहरूले भारतीय पर्यटकको ३ जनाको समूहलाई जबर्जस्ती ट्याक्सीमा राखेर बन्द कोठामा पुर्याएको प्रहरीले बताएको छ । उनीहरूले ती पर्यटकबाट डेढ लाख भारु लुटेको आरोप लागेको छ ।
प्रहरीले भनेको छ , उनीहरू पेशेवर लुटेरा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्