१३ जना जुवाडे प्रकाउ



सैघाली खबर,
दाङ ३१ असोज।
दाङको घोराही बाट प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको छ । सोमवार राति घोराही उपमहानगरपालिका– १३ रानीजरूवाबाट १३ जना जुवाडेहरूलाई जुवा खेलिरहेको अवश्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई राति करिब ११ बजेको समयमा नगद १ लाख ४२ हजार रूपैयासहित पक्राउ गरेको हो । उनीहरूलाई जुवा एेन अनुसार कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्