दाङमा शान्ति समाजले नागरिक सभा गर्ने



शुसिल बस्नेत,
दाङ,३१ असोज।
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आतिथ्यमा नागरिक सभा गरिने भएको छ । उक्त सभालाई शान्ति समाजका संस्थापक सभापति एबम बरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीले सम्बोधन गर्नुहुने छ ।

शान्ति समाज दाङ शाखाको आज मंगलबार तुलसीपुरमा बसेको बैठकले नागरिक सभाको आतिथ्य दाङ शाखाले गर्ने र त्यसको तयारी तिव्र पारीने सभापति सुरेश हमालले जानकारी दिनुभयो ।

कार्तीक महिनामा आयोजना गरिने नागरिक सभामा संस्थापक सभापति लगायत अन्य बरिष्ठ अधिकारकर्मीहरुले सम्बोधन गर्नुहुने छ । शान्ति समाज दाङ शाखाको बार्षिक साधारण सभा कार्तिक ११ गते तुलसीपुरमा गर्ने निर्णय गरिएको छ ।

मंसीर १० र २१ गते हुन लागेको प्रदेश र संघीय निर्वाचनमा परिवेक्षण गर्ने र दाङ शाखाले परिबेक्षकका लागि नाम सिफारीस गर्ने निर्णय गरिएको शाखा सचिब शरद रेग्मीले जानकारी दिनुभयो ।

शान्ति समाज दाङ शाखाका सभापति सुरेश हमालको सभापतित्व एबम केन्द्रिय सचिब सुशील बस्नेतको बिशेष उपस्थितीमा भएको बैठकले आजीवन सदस्यताका शाखामा प्राप्त २५ जनाको आबेदनलाई सिफारीसका साथ केन्द्रमा पठाउने निर्णय समेत गरेको छ ।

उक्त अबसरमा शान्ति समाजका पूर्ब केन्द्रिय उपसभापति मोहन धिताल,केन्द्रिय सरसफाई संयोजक उषा गौतम लगायतको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्