चोरी तथा सरकारी दस्तखत किर्ते मुद्धामा तामाङ पक्राउ



जिल्ला प्रहरी कार्यालय नुवाकोट र ट्राफिक प्रहरी कार्यालयबाट खटिएका टोलिले मोटरसाईकल चोरी तथा सरकारी दस्तखत किर्तेमा एक जनालाई पक्राउ गरेको छ ।

बिहिबार दिउँसो १ बजेको समयमा बिदुर नगरपालिका वडा नं.०२ स्थित प्रहरी चेकपोष्टमा चेक जाचँ गर्ने क्रममा बट्टारबाट त्रिशुली तर्फ जादै गरेको समिर थोकर तामाङले चलाई आएको बा ९३ प ७१७१ नं.को पल्सर मोटरसाईकललाई चेक जाचँ गर्दा संकास्पद ठानिए पश्चात प्रहरीले तामाङ सहित मोटरलाईकललाई नियन्त्रणमा लिएको थियो ।

सोहि समय थप अनुसन्धानको लागि प्रहरीले महानगरी ट्राफिक माहाशाखा बग्गीखानासमेतमा बुझ्दा उल्लेखित नम्बरको मोटरसाईकल अन्य ब्यक्तीको नाममा दर्ता रहेको जानकारी पश्चात तामाङलाई नुवाकोट जिल्ला अदालतबाट चोरी तथा सरकारी दस्तखत किर्ते मुद्धामा ३ दिनको म्याद थप गरी प्रारम्भिक अनुसन्धान कार्य थालेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबि नारायण काफ्लेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्