बालबिवाह रोक्न नयाँ रणनीति



सैघाली खबर
दाङ, ३१ असोज
तुलसीपुर उपमहानगरले बाल बिवाहलाई रोक्नकालागि नयाँ अभियानको सुरु गरेको छ । नगरलाई बालमैत्री बनाउन बिभिन्न चरणमा कार्यक्रम गर्दै आइरहेको तुलसीपुरले मुख्य चुनौती बनेको बालविवाहलाई रोक्नकालागि नयाँ रणनीति बनाएको हो । साझेदार संस्थाहरुसँगको सहकार्यमा बाल संरक्षणमा विभिन्न कार्यक्रम गर्दै आइरहेको उपमहानगरले बाल बिवाह रोक्न पंडित, ज्योतिषी, गुरुवा, महतवा र धामीरझाँक्रीलाई प्रशिक्षा दिएको छ ।

बिवाह अघि लगन तथा चीना हेराउने परम्परा रहेको र उमेर नपुगी हुन लागेको विवाहलाई पंडित, ज्योतिष, गुरुवा, महतवा तथा धामीरझाँक्रीले रोक्न सक्ने कुरालाई मध्यनजर गरेर उनीहरुलाई बाल बिवाह सम्बन्धी अभिमुखिकरण गरिएको उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले जानकारी दिए । यसैबीच मंगलबार भएको कार्यक्रममा सहभागी तुलसीपुर उपमहानगर क्षेत्रका पंडित, ज्योतीष, महतवा लगायतले बाल बिवाह नगराउने र गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले आफूहरुको पेशालाई नेपालको ऐन कानुन सापेक्षा बनाएर लैजाने प्रतिबद्धता जनाएका हुन् । ज्योतिष तथा पंडितहरुले बिवाहका लागि आफूहरु सँग हेराउन आउनेहरुको हाल सम्म उमेरममा सास्खै ख्याल नगरको भएपनि अव देखि उमेर नपुगी बिवाहका लागि हेराउन आउनेहरुलाई बिवाह नगर्न अनुरोध गर्ने बताएका थिए ।

कार्यक्रममा नगर स्तरिय बाल संरक्षण तथा संरक्षण समितिका संयोजक नवराज लामिछानेले बाल बिवाहले पारेको असरका बारेमा जानकारी गराउँदै यसलाई रोक्नकालागि सबैको पहल आवश्यक भएको बताउनु भए । यस्तै उपमहानगरपालिकाका समाज कल्याण अधिकृत एवं बाल उद्धार समितिका संयोजक टोपबहादुर डाँगीले बाल बिवाह रोक्न भूमिका निर्वाह गर्ने पंडित तथा ज्वतीषहरुलाई सम्मानको व्यवस्थाका गरिने बताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ दाङका अध्यक्ष एवं जिल्ला बालमैत्री सहजकर्ता नानीमैयाँ वलीले बाल बिवाह गर्ने, गराउने तथा त्यसमा सहयोग गर्नेहरुलाई हुने कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बाल संरक्षण तथा सम्बृद्धन समितिका संयोजक नवराज लामिछानेले उपमहानगरलाई बालमैत्री बनाउन सबै पक्षको हातेमालो आवश्यक परेको बताएका थिए । कार्यक्रममा उपमहानगर क्षेत्रका पंडित, ज्योतिष, धामीरझाँक्री, बैद्ध गरी ३० जनाको सहभागीता रहेको न्युसिपिसीका कार्यक्रम संयोजक भिम खत्रीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्