आमा र दुई छोरीको हत्यामा संलग्न व्यक्ति पक्राउ



गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ३ पोखरीस्थित कच्चि सडक मुनि दुई छोरी सहित एक आमाको हत्यामा संलग्न भएका दुई जनालाई गुल्मी प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी अपराधमा संलग्न रहेकालाई सार्वजनिक गरेको छ । मृतकको लास व्यवहारीस अवस्थामा देखेपछि स्थानियले गत कार्तिक १६ गते प्रहरीलाई जानकारी गराएका थिए ।

घटना पश्चात प्रहरीले उक्त शवलाई अनुसन्धानको लागि जिल्ला अस्पतालमा पोष्टमार्टमको क्रममा मृतक पोखरा महानगरपालिका २५ हेम्जा स्थीत लामाचौतारामा डेरामा बस्तै आएकि सरिता भनिने शिवमाया लिम्बु र उनको दुई जुम्ल्याहा ७ वर्षिय गंगा मगर र जमुना मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक र केन्द्रिय अनुसन्धान ब्यूरो(सीआईबि) को टोलिले घटनामा संलग्न रहेका बाग्लुङ गलकोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षिय पूर्ण बहादुर सुनार र सोहि स्थानका १९ वर्षीय माधब सुनार र अर्का एक जनाको नाम थर सहितको परिचय खुल्न बाँकि रहेको गुल्मीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्