जनताको सबै मागलाई पुरा गर्न सक्दैन तर प्रयास गर्नेछु: केशव आचार्य



स्वागत छ यहाँलाई थाहा अनलाइनमा

तपाइ लाई धन्यवाद ! मलाई यो आफ्नो भनाइ राख्ने अवसर दिनुभएको मा ।

 दाङ क्षेत्र नम्बर ३ ख मा पाईको उम्मेदवारी किन ?

सर्वप्रथम त म निस्वार्थ विचारले अनबरत रुपमा नेपाली कांग्रेस पार्टीको लागी लागेको कार्यकर्ता हुँ । त्यसको साथै दाङको ३ ख मेरो गाउँ हो घर आगन हो , मैले यहाँको दलित , महिला ,जनजाती बस्ती सबैसँग नजिकबाट घुलमेल गरेको छु र यहाँको विकास सँग जोडिएको छु त्यसैले मलाइ पार्टीले उम्मेदवार सक्षम ठानेर दियो र ३ ख को विकास को लागी मेरो उम्मेदवारी रहेको छ ।

तपाइको एजेण्डा के के छन् ?

विशेषगरी दिपक गीरी र स्वर्गीय खुम बहादुर खड्काले हिजोका दिनमा अगाडी सारेका विकास निर्माणका जती पनी काम अधुरा छन् डिप बोडिङ , दाङ वृहत सिंचाइ योजना त्यसलाई पुरा गर्ने रहेकोछ । त्यस्तै ३ ख को स्वास्थ्य, शिक्षा, र खानेपानी जस्ता विकासको कुरालाई अगाडी सारेको छु ।

जनताको माग कसरी पुरा गर्नुहुन्छ ?

म अनबरत संघर्ष गर्ने कार्यकर्ता हुँ ,जव चुनाव जितेर प्रदेश सभामा जाने छु मेरो सम्पूर्ण प्रयास विकास निर्माण मा रहेने छ । विकास निर्माण भन्ने कुरा कांग्रेस , कम्युनिष्टको वा कुनै पार्टीको मात्र हैन त्यसैले मलाइ विश्वास छ सबैले साथ दिने छन् अनी मैले जनताको माग लाई पुरा गर्ने छु ।

अवको दुई वर्षमा यी सबै एजेण्डा पुरा गर्न सकिएला त ?

सबै एजेण्डा र माग पुरा गर्न अवश्य पनी सकिदैन तर जहाँ दुरदराजमा साँच्चीकै खानेपानी , सिंचाइ अतिआवश्यक छ ,जहाँ नदि र खोलाले किसान का जग्गा कटौटी गरेको हुन्छ त्यस ठाउँमा प्राथमिकताका साथ काम गर्नेछु ।
६. तपाइले चुनव जितेपछी हरेक दिन हरेक हप्ता जनताको दैलोमा पुग्नेछु पनी भन्नु भएको छ के यो सम्भव छ ?
सुन्नुस सम्भव छ जस्तो मलाई लाग्छ , किन भने म एक्लो छु सन्तान मा एउटी छोरी हो उनी विदेश छिन् त्यसैले मलाइ रोक्ने छेक्ने कोही छैन त्यसैले पनी म हरेक दिन जनताको घर दैलोमा पुग्न असम्भव भन्ने छैन र म जनता सँग सुख दुख बाँड्दै जनता सँगै हुनेछु ।

तपाईलाई र तपाईको पार्टीलाइ चुनाव प्रचारमा पैसाको खामपनी बाडेको आरोप लागेको छ खास कुरा के हो ?

कठै बरै जीवनमा पैसा सित मतलवपनि छैन , म सँग पार्टी सदस्यता मेरो खाममा थियो त्यो खाम मैले दिएकै हुँ तर त्यो पैसा होईन। म आर्थिक प्रलोभन निरुत्साहित गर्ने व्यक्ती हुँ , त्यसैले त्यो पैसा खाममा दिएको कुरा सत्य होईन।

अन्त्यमा, तपाईले विकास निर्माण र आफ्ना एजेण्डाहरु भनिरहँदा के जनताले तपाईलाई पत्याउलान् , जिताउलान् ?

अवश्य पत्याउँछन् यो दुई तिहाईको नेकपा सरकार ले निकै चर्को कर असुल गरेको छ , यो दुई तिन वर्षको समय सम्म पनि हरेक विकास निर्माणलाइ अवरुद्ध गरेको छ त्यसैले पनि अब कांग्रेस लाई पत्याउछन  मलाई  पत्याउनेछन् र विजयी बनाउने छन् ।

समय र सम्वादका लागी तपाईलाई धन्यवाद ।

मेरो पनि तपाई र तपाइको थाहअनलाइनलाइ धरै धेरै धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्