दाङ विकास परिषदको अवधारणा पास



सैघाली खबर
दाङ ६ कार्तिक
जिल्ला समन्वय समिति दाङले ‘विकास परिष’ गठन गर्ने अवधारणा पास गरेको छ । सोमवार जिल्लाका सवै स्थानीय तहका प्रमुखहरुको सहभागितामा बसेको बैठकले अवधारणा पास गरेर अघि बढने निर्णय गरेको हो । 

यस अघि बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लाको समग्र विकासको लागि दाङ विकास परिषद गठन गर्ने निर्णय गरेको थियो । यो अवधारणापाससँगै जिल्लाको विकासको खाका तयार पार्न सहज पुग्ने जिल्ला समन्वय समितिले विश्वास लिएको छ । विकास परिषदको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख, उप संयोजमा जिल्ला समन्वय समितिका उप्रमुख छन् । त्यसैगरेर विभिन्न क्षेत्रका विशेषज्ञहरु सदस्यमा र स्थानिय विकास अधिकारी परिषदको सदस्य सचिव रहने छन् । त्यसैगरेर बैठकले खानपाने सरसफाई कोष विकास समितिले माग गरे अनुसार जिल्लावाट योजना पठाउने निर्णय गरेको छ ।

त्यसै गरेर जिल्लाका नदी तथा खोलाहरुको नदी जन्य पदार्थ व्यवस्थापनको लागि आइइ गर्नको लागि सवै गाउँपालिका र नगरपालिकाले खोला र ठाउँको पहिचान गरेर जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बैठक बसेको थियो । स्थानीय विकास अधिकारी भरतकुमार बुढाथोकीले विषय प्रवेश गराएको बैठकमा धन्यावाद ज्ञापन उप प्रमुख श्रीधर पौडेलले गरेका थिए । बैठकको सहिजकरण जिल्ला समन्वय समितिका सुचना अधिकृत कृष्ण केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्