आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, फिर्ता लिनलाई १ बजेसम्मको समय



सैघाली खबर,
काठमाणडौ ८ कात्तिक। निर्वाचन आयोगले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गर्दैछ । उम्मेदवारी फिर्ता लिन चाहनेले बुधबार बिहान १० बजेदेखि १ बजेसम्म नामा फिर्ता लिन सक्ने छन् ।

यसपछि आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने तालिका बनाएको छ । ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न उपलब्ध गराउने आयोगले जनाएको छ । उम्मेदवारमाथिको दाबी विरोध सकिएपछि आयोगले कार्यतालिका अनुसार चुनाव चिह्न दिन लागेको हो ।

बुधबार उम्मेदवारी फिर्ता गर्ने दिन भएकाले पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी परेकालाई दुवै गठबन्धनले फिर्ता गराउने प्रयास गरिरहेका छन् ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्