छिमेक लघुवित्त वेत्रावती शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न




छिमेक लघुवित्त वित्तिय संस्था लि.शाखाकार्यालय, वेत्रावती नुवाकोटको आयोजनामा यस संस्थामा आवद्ध सदस्य तथा सदस्यका अभिभावकलाई समेत वित्तियकार्यक्रमको बारेमा साक्षर बनाउने उद्देश्यले वेत्रावती शाखा अन्तर्गत रहेका विभिन्न इकाईका सदस्य तथा अभिभावकहरुलाई लक्षित गरेर ४ दिने अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर४ गते देखी ७ गते सम्म संञ्चालन भएको भेलामा बिदुर नगरपालिकामा ४ गते बोर्डथोक स्थित त्रिसुली प्रा.वि.मा ३७ जना, ५ गते देवीघाट स्थित मनोरम होटलमा ४१ जना, ६ गते बट्टार स्थित नुवाकोट आर्दश बहुमुखि क्याम्पसमा ४९ जना र ७ गते लिखु बरफेदी स्थित नारायणदेवीउच्च मा.वि.मा ५७जना गरि जम्मा १८४ जना सदस्य तथा अभिभावकको सहभागीता रहेको शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले बताए । भेलालाई क्षेत्रीय कार्यालयबाट प्रशिक्षक भोजराज जोशी र मिनराजपन्थले सहजीकरण गरेका थिए । कार्यक्रम संचालन तथा प्रतिवेदन शाखाका प्रबन्धक आचार्यले प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरेको प्रतिवेदनअनुसार २०७३ सालफागुन १ गते बाट संचालनमा आएको उक्त शाखाले १,९०६ जना सदस्यसमुहमा आवद्ध गरी २ करोड ८७ लाख २७ हजार २० बचत संकलन तथा २ करोड ४४ लाख २३ हजार ७ सय ३ कर्जा लगानीमा रहेको र विगत १ वर्षभित्रमा १६ जना सदस्य तथा अभिभावकको मृत्य हुदा रु १ लाख २० हजार ७ सय सहयोगप्रदान गरिनुको साथै १९५जना सदस्य सुत्केरि हुदाजनही रु दुई हजारका दरले रु ३ लाख ९० हजार सहयोग प्रदान गर्नुको साथै आर्थिक वर्ष २०७६÷०७६ मा ६३ जना सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम प्रदान गरिएको थियो ।

भेलामा वर्तमान अवस्थामा लघुवित्त संस्थाको आवश्यकता, वित्तिय साक्षरताको माध्यमबाट कसरी पारिवारिक बजेट बनाइ आफ्नो परिवारलाई सफलतातर्फ लैजान सकिन्छ भन्ने विषयमा सहजीकरण भएको कार्यक्रममा लघुविमा सम्बन्धी जनचेतना, के कसरी विपन्नता अवस्थाबाट सम्पन्नतातर्फ जान सकिन्छ ? कसरी कर्जाको कारोवार गर्दा सफलहुन सकिन्छ ??, के कस्ता वित्तिय संस्था सँग कारोवार गर्दा सुरक्षीत भइन्छ,‘आजको बचत भोलीको समुन्नतभविष्य’ भन्ने जस्ताविषयबस्तुमा सहजीकरण गरिएको कार्यक्रममा १० जनाविपन्न परिवारको १० जना छात्रालाई जनही रु २ हजार ४ सयका दरले रु २४ हजार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको संयोजक लेख विलास पन्तले बताए ।

यस संस्था २०५८ सालमंसिर ११ गते विधिवत रुपमा राष्ट्र बैंकमा दर्ता भई राष्ट्रिय स्तरको लघुवित्त वित्तीयसंस्था हो । चुक्तापुँजी एक अर्ब अठार करोड रहेको यस संस्था ६७ जिल्लामा १३७ शाखाकार्यालय तथा ७२ डिजिटल प्वाइन्ट मार्फत ३ लाख ६७ हजार विपन्न घरपरिवारलाई वित्तिय सेवादिदैं आएको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्