निशुल्क आखाँ शिविर साढे ४ सय जनाको आखाँ चेकजाँच



सैघाली खबर
दाङ, ८ कार्तिक । पाण्डेश्वरी महादेव धारापानी मन्दरी व्यवस्थापन समिती र रोयल आई इन्फ्रामेरी डेरीफोड्र हस्पीटल प्ले माउथ हस्पीटल एनएच एस र्टस्ट प्ले माउथ युकेको आयोजनामा, डा.भरतराज श्रेष्ठ र धुव्र श्रेष्ठको प्रयोजनमा धारापानी पाण्डेश्वरी धाममा निशुल्क एकदिने आखाँ शिविर सम्पन्न भएको छ । शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् ।

शिविरमा औषधी सहित आवश्यक सल्लाह र २ सय ५० जना लाई निशुल्क चस्मा पनि वितरण गरिएको छ । चेकजाँचका क्रममा ६० प्रतिशतमा मोतिविन्दुको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन ।

उपचारमा संलग्न आखाँ रोग विशिषज्ञ डा. श्रेष्ठका अनुसार उपचारमा आएको ६० प्रतिशत मानिसहरुमा मोती बिन्दु रहेको दिएको जानकारी दिनुभयो ।

त्यसबाहेक २० प्रतिशतहरुलाई जलबिन्दु र अन्यहरुलाई बाकीलाई भने,आखा कमदेख्ने, एलर्जी,भाइरल इन्फेस्कसन, आखामा मासु पलाएको जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।

आखाका समस्या विषेशगरी ५० वर्षदेखि माथीका मानिसहरु देखिएको उहाँले जानकारी दिनुभयो । शिविरमा डा. श्रेष्ठको नेतृत्वमा आएका डा.एलसन माउन्ट, डेभिड एडमस्, पाम एड्मस्, ग्राहम् लेन कोतेस, जिना एलीजबेथ कारलीसेलले विरामीहरुको आखा चेकजाच गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्