खस्कदै अष्ट्रिच व्यावसाय



गिरिराज नेपाली
दाङ, १०कार्तिक । पश्चिम नेपालको पहिलो चरा फर्मका रुपमा चिनिएको दाङको दुधरास बर्लेनीमा रहेको अष्ट्रिच नेपाल प्राली हाल बन्द हुने अवस्थामा पुगेको छ । करिव पौने एक अर्बको लगानीमा संचालित भएको अष्ट्रिच व्यावसाय स्थानिय बजारको अभाव, ह्याचरी स्थापना र अष्ट्रिच चरा दाना उत्पादन तथा घाँस उत्पादनको अभावका कारण व्यापार खसक्दो अवस्था रहेको अष्ट्रिच नेपाल प्राली दाङका प्रर्वन्धक अनन्त खड्काले जानकारी दिनुभयो ।

दाङमा व्यावसाय मध्येकै पन्छी पालन ठुलो लगानीमा भित्रिएको अष्ट्रिच पालन व्यावसाय देखिए पनि उक्त व्यावसायले स्थानिय बजार, दाना उत्पादनका लागि कच्चा पदार्थ, व्यापार प्रर्वन्धनका लागि स्थानियहरुको सहयोग र चल्ला उत्पादनका लागि दाङमै ह्याचरी स्थापनाको सम्भावना नदेखिएकाले अष्ट्रिच व्यावसाय धरापमा परेको खड्काले बताउनुभयो ।
२०६९ साल मंसिर देखी ७ सय ५० अष्ट्रिच चरा वाट सुरु गरिएको व्यावसायमा हाल ३६ वटा मात्रै अष्ट्रिच चरा रहेका छन । चरा व्यावसाय संगै पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गईरहेको अष्ट्रिच पालन हाल व्यावसायिक रुपमा मात्रै नभई हाल पर्यटकिय क्षेत्र वाट पलाएन हुदै गईरहेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ दाङ पन्छी पालन व्यावसायका लागि निकै उपयुक्त छ । ’ पन्छी पालनका लागि उपयुक्त रहे पनि पालनका पौष्टिक खाना÷ दाना उत्पादन, अण्डा वाट चल्ला उत्पादन र बजार अभाव पाउन सकेको छैन । अन्र्तराष्ट्रिय बजार संगै नेपालका विकसित शहरहरु काठमाण्डौ, पोखरा , हेटौडा लगाएतका ठुला शहरहरुमा अष्ट्रिचको मासु खपत हुने गरे पनि दाङ लगाएत अन्य विकासन्मोस शहरहरुमा खासै बजार नपाएको खड्काले बताउनुभयो ।

दाङमा अझै अष्ट्रिच हेर्न आउने तर यसको मासु खानका लागि मान्छेहरु उति लालाहित नभएकाले बजारीकरणका सम्भावना नखोजिएको उहाँले बताउनुभयो । मासुले खाने प्रचलनको विकास अझै नभएकाले व्यावसायको विकास पनि हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ स्थानिय व्यावसायको विकासका लागि स्थानिय बजार नै अवश्यक पर्छ । ’ तर पश्चिम नेपालकाृ सम्भाव्यताको खोज गरी स्थापना गरे पनि अष्ट्रिच व्यावसाय खपत कम पालन स्थान उपयुक्त रहेकाले अष्ट्रिच पालन व्यावसाय हाल खस्कदै गईरहेको उहाँले बताउनुभयो । 

दाङमा अष्ट्रिच पालनका लागि लगानी ठुलो भित्रिए पनि पाँच वर्षमा ८० प्रतिशत घाटामा व्याहोर्नु परेको उहाँले बताउनुभयो । दाङमा उत्पादित हण्डा वाट चल्ला उत्पादनका लागि भैरवा ह्याचरीमा ढुवानी गर्दा अण्डा फुट्ने, हल्लीएर अण्डा बिग्रने र ढुवानी अण्डा वाट २० प्रतिशत मात्रै चल्ला उत्पादन हुने गरेकाले फर्म स्वतह घाटामा रहेको उहाँले बताउनुभयो ।
अष्ट्रिचको मासुले मुटु वाध, दम लगाएत अन्य दिर्घरोगीहरुले पनि डाक्टरी सल्लाह अनुरुप खान पाउने रोगमुक्त गराउन केही सहयोग पु¥याउने डाक्टरहरुको भनाई छ । अष्ट्रिचको मासु बारे दाङ लगाएत पश्चिम नेपालका वासीहरु जानकार नराख्दा व्यावसाय बन्द वा वैकल्पीक व्यावसायको खोजीका रुपमा अघि सारिएको उहाँले वताउनुभयो ।

दाङ लाई सेन्टरमा राखी अष्ट्रिच पालन फैलाउने उद्देश्यका साथ दाङ हावापानीको हिसावले फर्म स्थापना गरी व्यावसाय सुरु पाँच वर्षमा व्यावसाय लाई वैकल्पीक व्यावसायहरु बदल्ने प्रयासमा फर्मको योजना रहेको खड्काले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको करिव ५५ बिगाह मध्ये करिव १५ बिगाह क्षेत्रफलमा खोलिएको व्यावसाय लाई अव कुखुरा पालन व्यावसायका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

अष्ट्रिच पालन व्यावसाय लाई उन्नत जातको कुखुरा फर्म बनाउने तयारीमा छौ । नेपालमा पहिलो पटक देखा पर्दै गईरहेको कटकनाथ र अष्ट्रलियन ‘ ईमो’ नामक चरा पाल्ने तयारीमा रहेको खड्काले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयको ५५ विगाह क्षेत्रफल मध्ये करिव १५ विगाह क्षेत्रफलमा सञ्चालनमा रहेको उक्त व्यावसाय महिनापिच्छे अष्ट्रिच चरा घटाउदै लगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्