सल्बलाउँदै सडक व्यापार



सैघाली खबर
दाङ, १० कार्तिक । घोराहीका व्यस्त सडक पेटीमा गरिएका सडक व्यापार केही समय रोकिए पनि पुनः सडकहरु व्यापार सुरु भएका छन ।   सडक व्यापार लाई व्यवस्थित गरी बजार सुन्दर र रमोनिय शहरका रुपमा विकास गर्ने अभिप्राय सहित घोराही उपमहानगरपालिकाले सडक व्यापार लाई निषेध गरी उचित स्थानको व्यावस्थापन गरे त्यो सफल हुन सकेको छैन ।  

घोराहीको तुलसीपुर चोक , विद्युत लाईन, मेनरोड, न्युरोड , दामोदर चोकमा ठेला व्यापारीहरुले जथाभावी ठेला गुडाउने र अड्डाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गईरहेको छ ।

उपमहानगरपालिकोले निश्चित गरिएको स्थानमा व्यापार कम हुने भए पछि पहिलेकै स्थानमा आई व्यापार सुरु गर्न वाध्य भएको ठेला व्यापारी अक्रम खानले बताउननुभयो । उहाँले भन्नुभयो– ‘ नाफा पर्रै जाओस् , लागेको डोकै उठ्दैन ।’ ऋणकर्जा गरी लिएको फलफुल जम्मै कुहिएर जान थाल्यो । उपमहानगरपालिकाले तोकेको ठाँउमा माखै घुम्दैन दिनभरी बस्यौ फुलफुल सुकाउने काम मात्रै भयो । खानले पेटभर्ने देखी लिई जिउ ढोक्नेसम्म्को सवैथोक यही नै हो । त्यो पनि नगरपालिकाले मान्छे नभएको ठाँउमा गएर बेच भनेर भन्छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेश पाण्डेले चार्डपर्वलाई मध्यनजगर गर्दै उनीहरुको व्यवसायलाई मर्का नपरोस् भन्दै चाडपर्वमा छुट दिएता पनि आजदेखि भने सडकका छेउछाउँमा व्यपार गर्ने नदिने बताउनुभयो । व्यापरका लागि छुट्याईएको सोही स्थान व्यवस्थीत गर्ने तयरीमा रहेको उहाँले बताउनुभयो । ‘प्रायाप्त बजेटको नहुदा सोचजस्तो व्यवसथीत गर्ने सकेको छैनौँ’–उहाँले भन्नुभयो–‘तर पनि उत्त स्थानलाई व्यवस्थीत गर्ने कुनै प्राइभेट स्केटरलाई नभए वडाले नै टहरा बनाउने सोच बनाएका छौँ ।’ उहाँका अनुसार बजारका लागि छुट्याईको उत्त स्थानको पछाडी तिर छरी बिच्छयाउने काम शुरु गरीने भएको छ ।

बढ्दो भिडभाड, साँघुरो सडक त्यसमा पनि सडक छेउछाउँ व्यापाले गर्दा घोराही बजारका सडक झनै अस्तव्यथ बनेका छन् । जसले गर्दा सडकहरुमा दुर्घटना हुने सम्भावना बढ्दै गएको छ । तीनै बजारका सडकपेटि र छेउछाउँ ठेला व्यापारलाई व्यवस्थापन गर्ने भन्दै घोराही उपमहानगरपालिका वडा नं १५ को शिक्षाशाखा रोडमा करिव १६ कट्ठा जमिनमा ठेला व्यापारीहरुका लागि निश्चित स्थान तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्