दाङमा बाम गठबन्धन द्धारा उम्मेदवार छनौट , क्षेत्र नं. १ मा मेटमणी चौधरी, २ कृष्ण महरा र ३ मा कोमल ओली




जनक नेपाली
दाङ, ११ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रदेश तथा संघको निर्वाचनका लागि बाम गठबन्धन द्धारा दाङका लागि उम्मेदवार छनौट गरेको छ । नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त कार्यदलको बैठकले उम्मेदवार छनौट गरेको नेकपा एमाले दाङका ईन्चार्ज मेटमणी चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार संघका लागि दाङ क्षेत्र नं. २ नेकपा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा, क्षेत्र नं. १ बाट एमालेको तर्फबाट मेटमणी चौधरी, र क्षेत्र नं. ३ कोमल ओलीको नाम सिफारीस भएको चौधरीले जानकारी दिनुभयो । त्यसका साथै क्षेत्र नं. ३ मा कोमल ओली संगै हिरा चन्द्र केसीको नाम सिफारीस भएका कारण ३ नं. क्षेत्रको उम्मेदवार भने फेरबदल हुन सक्ने उहाले जानकारी दिनुभयो । चौधरीका अनुसार प्रदेश निर्वाचनका लागि क्षेत्र नं. २ (ख) बाट शंकर पोखरेल, (क) बलिभद्र राणाको नाम सिफारिस भएको चौधरीको भनाई छ । साथै क्षेत्र नं. १ (क) माओवादी केन्द्रका ईन्द्रजित थारु (ख) एमालेका रेवती रमण शर्मा, रतन केसी, सरस्वती गौतमको नाम सिफारिस गरेको छ ।यद्यपी प्रदेशका लागि भने तीन जनाको नाम सिफारिस भएपनि एउटा नाममा विकल्प खोज्ने चौधरीले जानकारी दिनुभयो । क्षेत्र नं. ३ (ख) माओवादी केन्द्रका तर्फबाट कुवेर ओली, (क) एमालेको तर्फबाट संघका हिराचन्द्र केसी नाम गए जोगबहादुर राणा र कोमल ओली मध्य एक जनाको नाम सिफारिस हुने जानकारी ईन्चार्ज चौधरीले जानकारी दिनुभयो । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको आफ्नै आफ्नै बैठक बसिरहेको वताउँदै आज बेलुका सम्म नमिलेका सबै उम्मेदवारको टुङ्गो लगाउने समेत जानकारी दिनुभयो ।

काग्रेसले १३ गते सम्म छनौट गर्ने
नेपाली काग्रेसले आगामी मंसिर २१ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि कार्तिक १३ गते सम्म दाङका सबै उम्मेदवारको छनौट गर्ने बताएको छ । नेपाली काग्रेस संसदीय दलको बैठक जारी रहेका कारण सबै क्षेत्रको उम्मेदवार छनौट गर्नु पर्ने भएका कारण केही ढिलाई भएको नेपाली काग्रेस दाङका सचिव शंकर प्रसाद डागीले जानकारी दिनुभयो । सबै भन्दा संसदीय टोली विवाद नभएका जिल्लामा पहिलो चरणमा उम्मेदवार टुङ्गो लगाउने प्रकृयामा रहेको बताउँदै यही १३ गते दाङबाट संघ तथा प्रदेश निर्वाचनका सबै उम्मेदवारको टुङ्गो लगाउने सचिव डाँगीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्