बाबु नभेट्टिएका सन्तानहरु



गिरिराज नेपाली
दाङ, १२ कार्तिक । नाम कविता र करण नाताले दिदि–भाई न थर थाहा छ, न घर । पेट मागेर र शरिर टालेर बाँचेका छन उनीहरु । नातामा एउटा मात्रै आमा त्यो पनि दैवले खोस्यो । न बाबुको घर थाहा छ , न थर छ । आमाको मृत्युपछि मागेरै बाँचेका छन उनीहरु ।

आमाको मृत्यु पछि घोराही उपमहानगरपालिका वडा नम्वर १३ दुर्गा भवानी टोलमा बेसाहारा जीवन विताई रहेका ८ वर्षिया कविता र ४ वर्षिय करण आफ्ना बाबुको घर ठेगाणा केही थाहा छैन । आमाको मृत्यु हुदा भाई ४ वर्षकी थिए । भाई ४ महिनाको थियो । अहिले यही गाउँमा बेसाहाराको जीवन हुर्किरहेका छौ ।

कविता र करणले एउटै स्वरमा भन्नुभयो– ‘आमाको मुत्यु भयो । बाबु को हो ? ’ मगन्ते छाकवाँसमा बाँचेको छौ । ’ आमाले बजारमा काम गरेर हामलाई पाल्नुभएको थियो । गाउँकै चौरमा छाप्रो बनाई बसेका थियो । आमा पनि वित्नुभयो । छाप्रो पनि भत्कियो । अहिले गाउँमै मागरे खान्छौ । अरुकै घरपेटीमा बाँस बस्छौ । गाउँलेले पैसा उठाई आमाको उपचारमा गराए पनि आमालाई बाच्नुभएन । आमाको दाहसंस्कार पनि गाउँलेहरुले नै गरे ।

कविताले भन्नुभयो– ‘ आमा बाच्दा सम्म बाबु चिनाउनु भएन । ’ अहिले हामीलाई थाहा छैन । गाउँलेहरु हाम्रो जात विश्वकर्मा खुलाईदिएका छन । त्यो पनि आमाको माइतको जात हो रे ? उहाँलेभन्नुभयो– ‘ अहिले जात खुलाउदा विश्वकर्मा खुलाउछौ । बाबु र घरको ठेगाणा अझै वेपता छ । बाबुको पहिचान हुन नसक्दा जन्मदर्ता समेत बन्न सकेको छैन ।
उहाँले भन्नुभयो– आमाले खै ! चिन्नुहुन्थो कि नाई मलाई कहिले चिनाउनु पनि भैन । सिकाउनु भैन । तेरा बाबु उनीहरु भनेर । अहिले आमाको पनि नेपाली नागरिकको केही परिचय पत्र नै छैन हामी संग ।

आमा बाँचुन्जेल जन्मदर्ता चाहिन्छ भन्ने थाहा भएन । अहिले निआधार बसेका छौ । जन्मदर्ता नहुदा स्कुल भर्ना समेत नपाएको कविताले बताउनुभयो । उहाँले भन्नुभयो –‘ गाउँले रन्जिता अन्टीले स्कुल भर्ना गर्न लग्नुभयो । स्कुलले जन्मदर्ता खोजेर फर्काइदियो । आमा बाचुन्जेल स्कुल जाने उमेर पुगेको थिएन । आमा मृत्यु पश्चात उमेर पुग्दै गए पनि जन्मदर्ताकै कारण कविता र करण शिक्षा देखि वञ्चित हुनु परेको छ । कविताले आमा पछिको साहारा कोही भएन । बस्न गान ठाँउ छैन । पढ्नलेख्न पाइएको छैन । अरु स्कुल गएको देख्दा रहर लाग्छ । स्कुल जनाम लेखाउनका लदागिथ जन्मदर्ता छैन । बाबुको कुनै परिचय खुल्दैन ।

अरुले दिएको खाने र दिएको लाउने गरेका दुई बेसाहारा कविता र करणले पढ्लेख गरेर । ठुलो मान्छे बन्ने सपना संगालेका छन । तर पढ्ने, बस्ने र खाने ठाँउ नभए पछि भौतिरीएका छन । कविताले भन्नुभयो– म भाइको भोक मेटाउन गाउँमा डुलेर भात दिनुस भन्छु । भएकाले दिन्छ । नभएकाले रित्तै फर्काउछन । भाइले त्यो मान्दैन र बुझ्दैन । भाइको भोक मेटेर मात्रै बचेको आफु खान्छु । प्रत्येक वालवालिकाहरु वाँच्न, खान , खेल्न , पढ्न र रमाउन पाउने अधिकार नेपालको संवैधानिक अधिकारले व्यावस्था गरेको छ । तर त्यो अधिकारले बेसाहारा ति टुहुरा बालबालिकाहरु लाई छुन सकेको छैन ।

त्यस्तै सोही टोलमा वस्दै आईरहेका १२ वर्षिय भिम वहादर नेपाली ‘वादी ’ र ९ वर्षिय कल्पना नेपाली‘वादी’ को बेदना पनि उही नै हो । भिम र कल्पनाले एउटै स्वरुमा भन्नुभयो– ‘सानैमा आमाले छोडेर जानुभयो । बाको ठेगाणा केही खुल्दैन । वुढी बोईको आड्मा बाँचेका छौ । ’ खान र बस्न पाएका छौ । पढ्न पाएका छैनौ ।

उमेर ५÷६ कक्षामा पढ्ने भइसक्यो । जन्मदर्ता छैन । स्कुले भर्ना लिदैन । जन्मदर्ताकालागि बा कहाँ खोज्ने ? अरुले छोराछोरीले केही दिनमा जन्मदर्ता बनाईका देख्छु । बा आमा नभएका हामीलाई कस्ले बनादिन्छ । ओतलाग्ने बाँस र खाने गाँस माउली बोईले मागेरै टार्नुभएको छ । जिउको लुगा वर्षदिनमा कसैले दिए मात्रै फेरिन्छ । जन्मदिने बाबुको पहिचान नखुले पछि यि वालवालिकाहरु अहिले बेसाहरा भई वाँचेका छन । कानुनमै व्यावस्था छ ।

नेपालमा जन्मने नेपाली नागरिकले जन्मेको ३५ दिनभित्रमा जन्मदर्तांका प्रमाण पत्र पाउन छ । तर उनीहरुले आफु जन्मेको १० ÷१२ वर्ष वितिसक्दा समेत आफुहरु निआधार भई बाँचेको गुनासो छ । आफुलाई जन्मदिने आमाको पहिचान खुले पनि आफ्ना बाबुको कुनै आधार नखुल्दा आफुहरुले यो समस्या भोग्नु परेको भिम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ बहिनी र मैले लेखाउने गरेको थर पनि आमाकै थर हो ।’ नेपालीले भन्नुभयो– ‘अहिले सम्म न कितावको र स्कुलको मुख देखेको छैन । ’ देखु पनि कसरी स्कुल भर्ना हुनका लागि जन्मदर्ता छैन । यि चार पात्र मात्रै हैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्