(विप्लव) नेतृत्व नेकपाद्धारा चुनाव बिरोधी गतिविधी सुरु  




शशिधर भण्डारी

प्युठान , १२ कार्तिक । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानले निर्वाचनलाई विथोल्न विभिन्न गतिविधीलाई सुरु गरेको छ । आगमी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको चुनवा बिथोल्न बिभिन्न गतिविधी अगाडी बढाएको श्रोतले जनाएको छ ।सोही अनुरुप नेकपाका कार्यकर्ताले गएराति प्युठानको विजुवार र चकचकेमा मसाल जुलुस प्रर्दशन गरेका छन् ।नेकपाका कार्यकर्ताहरुले संसदिय व्यवस्था मुर्दावाद, कथित निर्वाचन खारेज गरौं, दलालहरु होसियार, एकिकृत जनजागरण तथा तथा प्रतिरोध अभियान सफल पारौं जस्ता नाराहरु सहित जुलुस पर्दशन गरिएको छ । विजुवारको टारीमा भएको ने.क.पा. का जिल्ला सेक्रेटरी दधिराम सुवेदीको नेतृत्वमा यूवा कार्यकर्ताहरुले मसालसहित नाराजुलुस प्रदर्शन गरेका थिए ।

गत स्थानिय निर्वाचन वहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आगामि चुनाव पनि वहिष्कार गर्ने निति लिएको छ।केहिदिन अघि वसेको नेकपा को जिल्ला कमिटिको वैठकले जिल्लामा आगामि चुनाव शसक्त खारेज गर्ने र त्यसका लागि पार्टी केन्द्रले निर्धारण गरेका कार्यक्रमहरु शसक्त रुपमा लागु गर्ने निर्णय लिएको प्यूठानका सेक्रेटरी दधिराम सुवेदीले वताए । अवरोध गर्नेलाई कारवाही नेपाल कम्यूनिष्ट पार्टीले जिल्लामा पार्टीका कार्यक्रमहरुलाई अवरोध गर्न खोज्ने व्याक्तिलाई वोलाएर पहिलो चरणमा सुझाव दिने र अटेर गरे कारवाहि गर्ने निर्णय गरेको नेकपा जनाएको छ । ‘दाखाक्वाडि र भिंगृमा पार्टीको भित्ते लेखन कार्यलाई अवरोध गर्न खोज्नेहरुलाई पहिलो चरणमा आत्माआलोचित गराउने निर्णय भएको छ।’ प्यूठानका सेक्रेटरी दधिराम सुवेदीले भने ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्