उपचारका लागि किन सरकारी अस्पताल जाँदैनन्, बिरामीहरु



दिपक बोहरा, तुलसीपुर १२ कात्तिक ।
दाङ फूलबारी निवासी रमिला चौधरी ज्वरोले च्यापेपछि त्यसको उपचारका लागि उनी तुलसीपुरमा चेकजाँच गराउन आएकी थिइन । सामान्य ज्वरोको औषधि वा चेकजाँच चौधरीले फूलवारी स्थित घर नजिकैको श्वास्थ्य चौकीमा गएर गर्न सक्थिन । तर उनले त्यसो गरिनन् । र उनी निजी अस्पतालमा चेकजाँचका लागि पुगिन ।

सामान्य प्रकृतिको विरामी हुँदा वा घाउ चोट लाग्दा स्थानीय स्तरमै सर्बसाधारण नागरिकलाई श्वास्थ्य सेवा प्रदानगर्ने उदेश्यले सरकारले स्वास्थ्य संस्था स्थापना गरेको हो ।

तर सामान्य प्रकृतिको विरामीहरु समेत सरकारी स्वास्थ्य संस्थालाई विश्वास गर्दैनन् र उनीहरु निजी अस्पताल नै जान्छन् । यसको पछाडि मनोविज्ञानले काम गरेको छ । यर्थाथमा श्वास्थ्यकर्मी वा चिकित्सक सरकारी अस्पतलामा योग्य हुन्छन् । तर काममा हुने ढिला सुस्ति, वास्ता नगर्ने प्रवृति, विरामीलाई प्रयोग गरिने भाषा सैलिले गर्दा विरामीहरु सरकारी श्वास्थ्य चौकी र अस्पताल जान रुचाउँदैनन् ।

फूलवारीको श्वास्थ्य चौकी एउटा उदाहरण मात्रै हैन , हरेक ठाउँका जनताको मनोविज्ञान आज यस्तै पाईन्छ । आजको व्यवस्त दुनियाको मानिसलाई पैंशा भन्दा समयमै उपचार आवश्यक छ , इज्जत र सम्मान जनक लवज चाहान्छ । अझै भनौं आत्म सम्मान चाहान्छ । जो सरकारी श्वास्थ्य संस्था र अस्पतालहरुमा विरलै पाईन्छ । अहिले अधिकांस सरकारी स्वास्थ्य संस्था प्रतिको आम नागरिकको आकर्षण घट्दै जानुको कारण यहि मान्ने गरिएको छ । कतिपय सरकारी स्वास्थ्य संस्थाहरु कार्यलय सहयोगीको भरमा सञ्चालन हुनुले गर्दापनि सर्वसाधरणको सरकारी श्वास्थ्य संस्था प्रतिको विश्वास घट्दै गएको तर्कगर्नेहरुको कमी छैन् ।

अधिकाँस सरकारी स्वास्थ्य संस्थामा जाँदा सिटोमोल समेत पाईदैन र समयमा श्वास्थ्र्यकर्मी पनि उपस्थित हुँदैनन् भन्ने धारणा सर्वसाधारणको छ । कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी संचालन भईरहेका हुन्छन्, त्यसमा गएर के गर्ने रु आमनागरिकहरुले गर्ने गरेका गुनासोहरु यस्तै खालका हुन्छन् । सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ ।

यो जानकारी अधिकाँसलाई छ । सरकारी श्वास्थ्य चौकी प्रतिको अविश्वास यति चुलिएको छ कि सर्वसारधारण स्थानीय स्तर मै उपलब्ध हुने निःशुल्क उपचार सेवा भन्दापनि निकै महंगो सेवाका लागि निजी श्वास्थ्य संस्थाहरुमा सेवालिन जाने गर्छन ।

कतिपयका शब्दमा घुस नदिदा सम्म काम बन्दैन भन्ने मानसिकता र खर्च नगरी प्राप्त औषधिले काम गर्दैन भन्ने मनोविज्ञान कै कारण भएको बताउँछन् ।
अहिले दाङका सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत डाक्टरहरु समयमा अस्पताल नआउने , निजी अस्पतालहरुमा धाउने, कार्यालय समयसम्म फेला नपर्ने जस्ता गुनासोहरु व्यापक छ ।

सरकारी स्वास्थ्य संस्थााहरुमा उपचारमा समेत लापरबाही हुने गरेको गुनासो सर्वसाधारणको पाईन्छ । जसले गर्दा पनि स्वास्थ्य संस्थाहरु प्रति आमनागरिकको आर्कषण घट्दै गईरहेको मान्न सकिन्छ । ग्रामिण क्षेत्रमा सरकारले निःशुल्क वितरण गर्ने औषधिले काम गर्दैन् भन्ने भ्रम एउटा ठूलो समस्याका रुपमा लिइएको छ ।

स्वास्य केन्द्रमार्फत सरकारले ७० थरिका औषधि निःशुल्क वितरण गरेपनि त्यसको प्रभावकारिता माथि आशंका र ठूलो प्रश्न चिह्न खडा गरिनु आफैमा विरोधाभाषपूर्ण छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्