जब लेखक नै रोए……



सैघाली खबर
दाङ,१२ कार्तिक । पत्रकार महासंघ दाङको सभाहल पाठकहरुले भरि भराउ देखिन्थ्यो ।  कम्लरी प्रथामा आधारित भएर पत्रकार दुर्गालाल केसीले लेखेको ‘जीवन बदल्नेहरु को समीक्षा कार्यक्रममा जब पुस्तकका पात्रहरुको बोल्ने पालो आयो, हल नै स्तब्ध भयो । कार्यक्रममा पुस्तकका तीन पात्र नै उपस्थिति भए र उनीहरुले आफ्नो जीवन कहानी पनि सुनाउन थाले तब पुस्ककका लेखक दुर्गालाल सहित सम्पूर्ण पाठक पनि रुन थाले ।पश्चिम तराइका पाँच जिल्लामा सदियौंदेखि जरा गाडेर केही बर्षअघि मात्र उन्मूलन गरिएको कम्लरीप्रथामा आधारित भएर पत्रकार दुर्गालाल केसीले लेखेको ‘जीवन बदल्नेहरु’को समीक्षा कार्यक्रममा त्यस्तै दृश्य देखियो ।दाङको नारायणपुरमा कक्षा २ मा अध्ययन गर्न थालेको बेला बुवाको निधन भएपछि कम्लरी बस्न बाध्य सरस्वती चौधरी बोल्ने क्रममा मन थाम्न सकिनन् र डाँको छाडेर रोइन् । यो दृश्य देख्न नसकेर हल स्तब्ध भयो भने लेखक केसीलाई पनि रुवायो ।

 

पुस्तकका मात्र रहेका तीन पात्र सरस्वती चौधरी, बिष्णु चौधरी र बिष्णु चौधरी मञ्चमा पुगेर आफ्ना पीडा सुनाउँदै संघर्षशील जीवन जीउन चाहनेलाई उर्जासमेत दिए । लामो समय कम्लरी बसेका यी ती पात्रमध्ये सरस्ववती स्नातकोत्तर तथा बिष्णु कानूनतर्फ एलएलबी अध्यन गर्छिन् । अर्की बिष्णु कम्प्युटर अप्रेटरको रुपमा जागीर गर्दैछन् ।पुस्तक समीक्षामा पुस्तककै पात्र विरलै मात्र उपस्थिति हुन्छन् । अझ साहित्यिक लेखनमा त पात्र नै अमूर्त हुन्छन् तर विवरण शैली रिपोर्ताज का पुस्तकमा पात्र त वास्तविक हुन्छन् तर पुस्तक समीक्षामा पात्रको उपस्थिति हुँदैन । कतिपय पुस्तक त त्यसका पात्रले अध्ययन नै गर्न पाएका हुँदैनन् । तर, दाङमा भने एउटा पुस्तकको फरकढंगले समीक्षा कार्यक्रम आयोजना गरिएको थियो । पुस्तकको समीक्षा मात्र गरिएन्, पुस्तकका पात्र साक्षात् उपस्थित भएर आफ्नो बयान दिए त्यसले सबैको मन छोयो ।तीनैजनाले आफ्नो पीडादायी विगत र प्रेरणादायी संघर्ष सुनाउँदै भने– हामी झमक घिमिरेको कथा पढेर बाँचेका थियौं, अब केही नयाँ गर्न चाहनेका लागि हाम्रो जीवन प्रेरणादायी बनोस् ति पत्रले भने ।

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्