घर कर्जामा एनआईसीको अफर



दिपक बोहरा,
दाङ १४ कात्तिक । एनआईसी एसिया बैंकले घरकर्जा तथा जग्गा खरिदमा यसपालीको दशैं, तिहार तथा छठपर्व अफर ल्याएको जनाएको छ । बैंकले सोमबार तुलसीपुरमा सेवाग्राहीसँग अन्तरक्रिया कार्यक्रम गरि बैंकले पहिलो पटक शुरुवात गरेको घरलोन कर्जाको बारेमा जानकारी गराएको हो ।

नेपालका सबै बैंकभन्दा कम व्याजदरमा विनाझन्झट प्रकृयागत प्रमाण बैंकलाई बुझाएको तीनदिनमै सेवाग्राहीलाई लगानी गर्ने बैंकका क्षेत्रीय कार्यालय प्रमुख तेजराज तिमिल्सिनाले जानकारी दिए ।

लगानी गर्दा सेवा शुल्क, मूल्याङ्कन शुल्क, बिमा वा कर्जा सूचना लगायतमा सेवा शुल्क नलिइकन बैंकले सेवाग्राहीलाई १०।८ प्रतिशत न्यून वार्षिक ब्याजदरमा दुईवर्ष व्याज नबढ्ने शर्तमा लगानी गर्ने क्षेत्रीय कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

न्यूनतम २५ लाखदेखि अधिकतम दुई करोडसम्म धितो मूल्याङ्कनमा बैंकले नयाँ घर निर्माण गर्न वा खरिद गर्न, जग्गा खरिद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत अधिकतम २५ वर्षसम्मका लागि लगानी गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।
सेवाग्राहीले लिएको ऋण अग्रिम भुक्तानी गरेपनि अतिरिक्त शुल्क नलाग्ने र कर्जाका लागि अनलाइनबाटै बैंकको वेभसाइट मार्फत आवेदन दिन सकिने क्षेत्रीय प्रमुख तिमिल्सिनाले बताए ।

सर्वाधिक ग्राहकमैत्री विशेषता भएको घरलोन जारी गर्ने एनआईसी एसिया बैंक देशकै पहिलो र एकमात्र वाणिज्य बैंक रहेको र यस सेवाबाट हजारौं नेपालीको घर जग्गा जोड्ने सपना पूरा हुने विश्वास बैंकले लिएको छ ।
बैंकले सम्मुन्ति बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने र निक्षेपमा वार्षिक सर्वाधिक उच्चतम ८ प्रतिशत व्याज प्रदान गर्ने बैंकका तुलसीपुर शाखा प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालका एक सय ३३ प्रमुख शहरहरुमा आफ्ना शाखा विस्तार गरेको एनआईसी बैंक एसियाले एकसय ४१ एटिएम सञ्जालहरु सञ्चालनमा ल्याएको जनाइएको थियो । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका सहकोषाध्यक्ष पृतमकुमार श्रेष्ठ तुलसीपुर खानेपानीका रञ्जनकुमार गौतमलगायतले बैंकले प्रवाह गर्ने सेवाका बारेमा जिज्ञासा राखेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्