निर्वाचन र सञ्चार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न



रेशम बि.क ,रोल्पा १४ कार्तिक। जिल्लामा आगामी मंसिर १० गते सम्पन्न हुँदै गरेको प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई मध्येनजर गदै जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनमा जिल्लाका पत्रकारहरुलाई निर्वाचन र सञ्चार विषयक एक दिने प्रशिक्षण कार्यक्रम शोमबार लिबाङमा सम्पन्न भएको छ ।

सो प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा मुख्य निर्वाचन अधिकृत श्रीमान् बासुदेवलाल श्रेष्ठले भन्नुभयो–‘नेपालको संविधान कार्यान्वयको महान अभियान प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनको समयमा आम मतदाताहरुलाई सुचिजित गर्ने माध्यमको रुपमा आम सञ्चारमाध्यमहरुको भूमिका अपहिर्यता छ ।’ सामाजिक उत्तरदायित्वमा आधारित पेशा पत्रकारिता पेशा भएकोले निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार तथा सूचना प्रसारण गर्न आम सञ्चारमाध्यमहरुलाई विशेष अनुरोध गर्नुभएको हो ।

राज्यको चौथो अङ्ग पत्रकारिता भएकाले राज्यको हरेक निकायको क्रियाकलापहरुलाई जस्ताको त्यस्तै जनतासम्म पु¥याउन सञ्चारमाध्यमको भूमिकालाई पार्दशी, निश्पेक्ष आचार संहिताहरलाई आत्मसात गर्दै पत्रकारिता गर्नुपर्ने उहाँको धारणा थियो । समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आम सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएकाले सोही अनुरुपको समाचार, सूचना प्रसारण गर्न प्रमुख अतिथि श्रेष्ठले आम सञ्चारमाध्यहरुलाई विशेष अनुरोध गर्नुभयो ।

नेपालको संविधान कार्यान्वयनको नेपाल सरकारको महान अभियान प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई, निश्पेक्ष, पादर्शि, मतदाता सहभागिता, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आम सञ्चारमाध्यहरुको भूमिका अपरिहार्यता भएकाले सञ्चारमाध्यमहरुले सोही अनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवम् रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी.ले निर्वाचन निर्धारित समयमा हुन्छ कि हुँदैन भन्ने आशंका आम जनतामा उत्पन्न भएको हुँदा निर्वाचन निर्धारित समयमा सम्पन्न गर्न निर्वाचन सम्बन्धी सूचना आम सञ्चारमाध्यबाट प्रसारण गरी निर्वाचन निर्धारित समयमा सम्पन्न गर्ने वातावरण निर्माण गर्न आम सञ्चारमाध्यमहरुको भूमिका अनिवार्य भएको बताउनुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले निर्वाचनको समयमा सम्बन्धित निकायबाट जिल्लाका आम सञ्चारमाध्यमहरुलाई आवश्यक पर्ने सूचनाहरु प्रदान गर्न कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो ।

सञ्चारमाध्यमहरुले आचार संहितामा आधारित भई जनतालाई सूचिचित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । निर्वाचनको समयमा कुनै विशेष पार्टीको कुरालाई प्राथमिकता दिनुभन्दा पनि मतदाता सहभागिता, बदर मत न्यूनकरण गर्न आम सञ्चारमाध्यमहरुको भूमिका विशेष भएको उहाँले कार्यक्रममा बताउनुभयो । जिल्ला निर्वाचना कार्यालयको आयोजनामा आयोजित निर्वाचन र सञ्चार विषयक प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी लिलु गिरी, नेपाल पत्रकार जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढामगर लगायतका अतिथिहरुले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा आम सञ्चारका माध्यम, नीजि तथा गैर सरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचार र प्रचार–प्रसारण सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचारणहरु जस्ता महत्वपूर्ण विषय बस्तुमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न सरञ्चारमाध्यमहरुका कार्यरहत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी लिलु गिरीको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यालय रोल्पाका लेखापाल सालिकराम गैरेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्