प्रत्येक वडामा बाल संरक्षण समिति आबश्यक




सैघाली खबर,
तुलसीपुर १४ कात्तिक।
तुलसीपुरमा दुई दिने बाल अधिकार र बाल संरक्षणका सवालमा अभिमुखीकरण कार्यक्रम भएको छ । तुलसीपुरलाई बालमैत्री नगरपालिका बनाउने उदेश्यले नबजागरण महिला तथा बाल संरक्षण केन्द्र ९ न्युसिपिसी०ले कार्यक्रमको आयोजना गरेको हो । युनिसेफ र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा सञ्चालित बालश्रम तथा बाल संरक्षण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका ६ र ७ नंबर वडाका सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रममा बालबालिका संग सम्बन्धित सरोकारवालाहरु, शिक्षक, अभिभाबक संघ, बाल क्लब, बिद्यालय ब्यबस्थापन समिति, महिला समुह, जनप्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।

तालिममा बाल अधिकार संरक्षणमा सरोकारवालाको भुमिका, नयाँ संबिधानमा समाबेश गरिएका बाल अधिकार, बाल अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धीबा बारेमा प्रशिक्षण दिईएको थियो ।

तालिमको प्रशिक्षकमा तुलसीपुर नगरस्तरिय बाल संरक्षण समितिका संयोजक नबराज लामाछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्यान अधिकृत टोप बहादुर डाँगी, बालअधिकारकर्मी नानीमैया वलीलगायतका रहेका थिए । तालिमको प्रशिक्षण दिदै बाल संरक्षण समितिका संयोजक लामिछानेले उपमहानगर भित्रका प्रत्येक वडामा बाल संरक्षण समिति बनाउनु पर्ने बताए ।

प्रत्येक वडामा समिति गठन गरी उक्त समितिले बालबालिकाको क्षेत्रमा काम गरेमा केही समय भित्रै तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउन सकिने उनको भनाई थियो ।

बालबालिकाको अधिकार सुनिश्चित नहुँदा सम्म सभ्य समाज निर्माण गर्न नसकिने भन्दै उनले तुलसीपुरलाई सभ्य बनाउन बालमैत्री नगर बनाउन आबश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक भिम खत्री , सञ्चार संयोजक नारायण भण्डारी र प्रकाश वलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्