काठमाडौं-१ फेरि माओवादीको भागमा पर्‍यो



सैघाली खबर,काठमाडौं, १५ कात्तिक। – वाम गठबन्धनमा काठमाडौं(१ माओवादी केन्द्रले लिने सहमति भएको छ ।एमाले र माओवादीबीच सुरुमा काठमाडौं–१ माओवादीले लिने सहमति भए पनि बीचमा एमालेको तर्फबाट उम्मेदवार उठाउने तयारी थियो । तर, फेरि काठमाडौं(१ माओवादीकै भागमा परेको एमालेका एक नेताले जानकारी दिए ।

काठमाडौंको ६, ८ र १० नम्बर क्षेत्र माओवादीबाट उम्मेदवार उठाउने सहमति जुटे पनि अन्तिम समयमा दुई दलले १ र ८ साटेका हुन् । काठमाडौं–१ एमालेको भागमा परेसँगै वरिष्ठ अधिवक्ता शम्भु थापालाई उम्मेदवार बनाउने चर्चा थियो ।

माओवादीले उठाउने उम्मेदवारबारे अहिलेसम्म टुंगो लागेको छैन ।
त्यसतर्फमा नेपाली कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उठाउने निश्चित जस्तै छ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि त्यसै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेर चुनावी प्रचारप्रसार तीव्र पार्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्