कोमल वंलीले दिईन बागी उम्मेदवारी



सैघाली खबर
दाङ, १६ कार्तिक । केही समयअघि एमालेमा प्रवेश गरेकी चर्चित गायिका कोमल ओलीले दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

एमालेले पूर्वप्रतिबद्धताअनुसार आफूलाई उम्मेदवार नबनाएकाले जनताको मागअनुसार स्वतन्त्ररुपमा उम्मेदवारी दिएको बताउनुभयो । ‘मैले हिजो मात्रै मेरो नाम समानुपातिकबाट पनि झिकिएको जानकारी पाएँ’– उहाँले भन्नुभयो– ‘मेरा मतदाता र शुभेच्छुकहरुले अन्याय भयो उम्मेदवारी देऊ भनेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु ।’ उहाँले आफ्नो जीत सुनिश्चत भएको पनि दाबी गर्नुभयो ।

राप्रपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य छाडेर उहाँ केही समयअघि एमाले प्रवेश गर्नुभएको थियो । दाङको घोराहीमा आयोजित सभामा बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउनुभएको थियो । एमाले प्रवेश गरेको छोटो समयमै टिकटको आशा गरे पनि बाम गठबन्धनका कारण संभव नभएपछि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

ओलीसँगै दाङमा नौ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पुराना नेता कुवेर ओलीले दाङ ३ ‘क’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँले उम्मेदवारी दाबी गरे पनि पार्टीले केन्द्रीय सचिवालय सदस्य जगप्रसाद शर्मालाई उम्मेदवार बनाएपछि ओलीले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्