दाङमा छ मतदानकेन्द्र अति संवेदनशिल



गिरिराज नेपाली
दाङ, १८  कार्तिक । जिल्लाका एक सय ५१ मतदानकेन्द्र मध्ये छ मतकेन्द्र उच्च सुरक्षा जोखिममा रहेका परेका छन । जिल्ला सुरक्षा समिति दाङका अनुसार जिल्लाका भौगोलिक विकटता र भारत संगको खुल्ला सिमानाका कारण छ मतकेन्द्रहरु उच्च सुरक्षा जोखिममा रहेको जनाएको छ ।
गढवा गाउँपालिका मावि कोइलावास, रावपुरको मावि रुपाकोटा, आधारभुत विद्यालय सिक्टा, राप्तीगाउँपालिका मावि प्रतापकोट अम्वास, सरसरव्ती जनता मावि गंगटे र सरवस्वती मावि बाघमारे उच्च संवेदनशिल क्षेत्र रहेको समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकार गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यि मतदान केन्द्रहरु र भौगोलिक विकटताका कारण अति असुरक्षित मानिएको छ ।

जिल्लाको सुुरक्षा व्यावस्था लाई तिव्रता साथ परिचालन गरे पनि भौगोलिक अवस्था र जनशक्तिको तालमेलका कारण यि क्षेत्रमा पर्याप्त सुरक्षाकर्मिको व्यावस्था मिलानमा अलि कमि देखिएको उहाँले बताउनुभयो । दाङको देउखुरी क्षेत्र २६ वटा खुल्ला गोरेटा खुल्ला सिमानाकाले भारत संग जोडिएको छ । त्यसै अनुरुप सिमानाका क्षेत्रमा मतदान स्थल र केन्द्रको सुरक्षा व्यावास्था मिलाइसकेको छौ । ति क्षेत्रहरुमा सुरक्षित मतदानको व्यावस्था मिलाउन जिल्ला प्रशासन र प्रहरी संयन्त्र निकै प्रयास गरेको पनि उहाँले बताउनुभयो । जिल्लाको शान्ती सुरक्षाका लागि एक हजार २५ प्रहरी र एक हजार, ५ सय ९३ म्यादी प्रहरी परिचालन हुने जानकारी दिनुभयो ।

अति संवेदशिल क्षेत्रमा ४ जना प्रहरी र १० म्यादी , संवेदनशिल क्षेत्रमा ३ प्रहरी र ७ म्यादी र सामान्य मतदान केन्द्रमा ३ प्रहरी र ५ जना म्यादी परिचालन गरी सुरक्षा व्यावस्था लाई मजवुत राख्ने तयारी भएको उहाँले बताउनुभयो । तिन सय ९४ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र रहेका छन । जसमा ६ अति संवेदनशिल क्षेत्र , एक सय २८ संवेदशिल र सामान्य १७ गरी मतदान केन्द्र रहेका छन ।

हतियार बुझाउन १५ दिने म्याद
दाङ प्रशासनले १५ दिन भित्र बैध तथा अबैध रुपमा राखिएका हातहतियार बुझाउन आग्रह गरेको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लाई शान्तिसुरक्षामैत्री बनाउने उद्देश्यका साथ बैध तथा अबैध रुपमा राखिएका सवै हातहतियार बुझाउन प्रहरी प्रशासन सहयोग गरिदिन अपिल गरेकोख छ । 

जिल्ला प्रहरी कार्यालय दाङले अनुमति लिई एंव अनुमति नलिई नै अवैध रुपमा राखिएका हातहतियार सार्वजानिक सुचना जारी गरी १५ दिनभित्र बुझाईदिन अनुरोध गरिएको छ । बैध रुपमा राखिएका हात हतियारहरु निर्वाचन पश्चात्त सम्वन्धीत व्यक्ति लाई फिर्ता गरिने छ । भने अबैध रुपमा राखिएका हातहतियारहरु लाई तोकिएको जरिवान र सजाय कट्टी गर्ने व्यावस्था उल्लेख भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘आगामी निर्वाचन लाई शान्तिपुर्ण सम्पन्न गर्न नागरिकको पनि दायित्व उत्तिकै छ । ’ प्रशासनले सहयोगको अपेक्षा राख्दछ । जिल्लाका ईलाका प्रहरी, वडा प्रहरी , प्रहरी चौकी र अस्थाई प्रहरी पोष्टहरु लाई हतियार संकलनका लागि सुचना जाहेर गरिरहेका छौ ।

यदि तोकिएको म्याद भित्रमा सम्वन्धीत व्यक्तिहरुले हतियार नबुझाएमा प्रहरी आफै खानतलासी गरी हतियार संकल्न गर्नेसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताउनुभयो ।

७२ नालमा ३३ नाल फिर्ता

स्थानिय तहको निर्वाचनका क्रममा संकलन भएका ७१ नाल हतियार मध्ये ३३ नाल हतियार फिर्ता लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानिय तहको निर्वाचनका क्रममा फेला परेका वा बुझाएका ६९ नाल बैध र ३ नाल अबैध हतियार फेला परेको थिए । ९ एमएम पेस्तोल एक थान, भरुवा बन्दुक दुई थान अबैध हतियार पक्राउ गरिएको थियो । ७१ नाल हतियार मध्ये ३३ नाल बैध हतियार सम्वन्धीत व्यक्तिले दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

वाँकी ३६ नाल प्रहरीले नै सुरक्षित राखेको छ । उहाँ भन्नुभयो– ‘ अबैध हतिायार मुद्दाका प्रक्रियामा छन । ’ वाँकी लिन आएका छैनन । फिर्ता लगेका ३३ नाल हतियार लाई बुझाउन अनुरोध गरेका छौ । कतिपय सम्र्पकमा आएका छैनन । तर सम्वन्धीत क्षेत्रमा सुरक्षाकर्मिलाई परिचालन गरी संकलनमा थालनी गर्ने छौ । उहाँले भन्नुभयो– ‘ फिर्ता गएका हतियार पनि समयमै बुझाउन अपिल गर्दछौ । ’

जिल्लामा एक सय वढि बैध हतियारहरु रहेको जिल्लाको तथ्याङ छ । बसाईसराई, धेरै वर्ष पुराना र सम्वन्धीत व्यक्तिको मृत्यु भएका कारण ति हतियार संकलन गर्न सकिएको छैन । यि कारणले गर्दा हतियार संकलनमा केही चुनौती थपिएको पनि उहाँले बताउनुभयो । व्यक्ति पहिचान गरी त्यसको पनि खोजकार्य जारी नै रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्