उपभोक्ता समितीद्वारा आयोजनाको १३ लाख हिनामिना



बझाङको साइपाल गाउँपालिकामा निर्माणधीन लघु विद्युत आयोजनामा समितिले १३ लाख हिनामिना गरेको छ ।

गाउँपालिकाको १ र २ वडामा निर्माण भइरहेको गडघट्ट लघु विद्युत आयोजना उपभोक्ता समितिले रकम हिनामिना गरेका हुन् । आयोजना निर्माणका लागि प्रदेश सरकारबाट गत आर्थिक वर्षमा ३५ लाख, गाउँपालिकाबाट ३५ लाख र यस आर्थिक वर्षमा गाउँपालिकाबाट ९९ लाख ९० हजार रूपैयाँ विनियोजन गरेको थियो ।

करिब १ करोड ७० लाख लागतमा निर्माण हुन लागेको आयोजनामा उपभोक्ता समितिले १३ लाख हिनामिना गरेको साइपाल गाउँपालिका १ का वडाध्यक्ष गोपाल बोहराले जानकारी दिए । उपभोक्ता समितिको अध्यक्ष कम्मान बोहरा र सचिव धनन्जय बोहराले समितिको कुनै बैठक नबोलाई किर्ते हस्ताक्षर गरी रकम निकासा गरेर उनको भनाइ छ ।

गत वर्षको रकममा १३ लाख हिनामिना भएसँगै यस वर्षका लागि गाउँपालिकाले ८ लाख रकम निकासा दिएको छ । स्थानीयहरुले आर्थिक वर्ष ७५(७६ मा विनियोजन भएको ७० लाखको आयव्यय माग्दा समितिले एक सातासम्म आलटाल गरेको थियो । उक्त लघु विद्युत उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंक बझाङमा समितिका अध्यक्ष र सचिवको संयुक्त खाता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्