विज्ञानको अर्को चमत्कार, मरेका मान्छेलाई बँचाउन सक्ने च्यालेन्ज !



जन्मिएपछि मृत्यु अवस्य नै हुन्छ । किनभने जन्म र मृत्यु हाम्रो अधिनमा हुँदैन यो प्राकृतिक नियम हो ।  तर ब्रिटेनका एक वैज्ञानिकले मरेका मान्छेलाई बँचाउन सक्ने च्यालेन्ज गरेका छन् । ब्रिटेनका वैज्ञानिक उनले हेड ट्रान्सप्लान्टबाट मरेको मानिसलाई जिउँदो बनाउन सकिने ठोकुवा गरेका हुन् ।

ब्रिटेनका एक पूर्व न्युरोसर्जन तथा रोबोटिक्स एक्सपर्टले हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बँचाउन सकिने बताएका हुन् । साथै ब्रीटेनकै हल युनिभर्सिटी टिचिङ्ग हस्पिटलका पूर्व क्लिनिकर प्रमुख डाक्टर ब्रुस मेथ्युले पनि अबको १० वर्षमा हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बँचाउन सक्ने बताएका छन् ।

यो प्रोजेक्टमा रोबोटिक्स, स्टेम सेट ट्रान्सप्लान्ट्स र नर्व सर्जरीको एड्भान्स टेक्नोलाजीले सहयोग गर्नेछन् । युरोप तथा अमेरिकामा हेड ट्रान्सप्लान्टलाई नैतिक कारण देखाएर लागु गर्न दिइएको छैन । तर चीनले भने हेड ट्रान्सप्लान्टको लागि अनुमति दिएको छ ।

सन् २०१७ मा जि आ ओपिङ्ग नामका चाइनीज वैज्ञानिकले हेड ट्रान्सप्लान्ट सफल गरेका थिए । उनले एक मृत व्यक्तिको शिर अर्को मृतको शरिरमा ट्रान्सप्लान्ट गरेका थिए । यो चीनको हार्बिन मेडिकल युनिभर्सिटीमा गरिएको सर्जरी १८ घण्टामा सकिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्