जिल्ला स्तरीय शैक्षिक योजना निर्माण सम्बन्धी कार्यशाखा गोष्ठी कार्यक्रम सम्पन्न



 

रेशम बिक ,
रोल्पा १८ कात्तिक।
नेपालको संविधानले संघीय संरचनाबाट एकात्मक सशान प्रणालीको अधिकारहरु विकेन्द्रीकृतसँगै सिंहदरबारमा केन्द्रीत अधिकारहरु स्थानीयतहमा आउँदै गर्दा स्थानीयतहहरुले प्रदान अधिकारहरुसँगै नयाँ योजना निर्माण गर्ने उद्वेश्यका साथ जिल्ला स्तरीय शैक्षिक योजना निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी कार्यक्रम शुक्रबार लिबाङमा सम्पन्न भएको छ ।

सो कार्यशाला गोष्ठी कार्यक्रममा सहजिकरण तथा शिक्षा विद विद्यानथ कोइलाले नेपालको संविधानले स्थानीयतहलाई बाल विकासदेखि कक्षा १२ सम्मको पढाई सञ्चालनको अधिकार प्रदान गरेको हुनाले आगमी दिनमा शिक्षा मन्त्रालय र जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी पाएको कार्यशाला गोष्ठीमा बताउनुभयो । विगतको समयमा शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय प्रति जसरी शिक्षा क्षेत्रको गुनाँसहरु थिए, अब त्यो जिम्मेवारी गुनाँसो सुन्ने निकाय भनेको स्थानीतह नै भएको उहाँले बताउनुभयो ।

जाति, भाषा, साँस्कृति, रीतिरिवाजकै कारण बहु समुदायहरुका बालबालिकाहरु विभेदमा पर्नुपरेको समस्यालाई समेत समाधान गर्ने जिम्मेवारी स्थानीयतहलाई नेपालको संविधानले दिएको शिक्ष विद कोइलाले बताउनुभयो । सोही अनुरुप स्थानीयतहरुले कार्याक्रम निर्माण गरी बालमैत्री शिक्षा, जन्मुखी शिक्षा, व्यवसायिक शिक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । साथै उहाँले नेपालको संविधानले निजी विद्यालयलाई पनि नियमन रव्यवस्थापन गरी सेवामूलक बनाउनुपर्ने भएकाले पनि स्थानीयतहमा सोही अनुरुपको कार्य अहिलेको संविधानले शिक्षालाई मौलिक अधिकारभित्र व्यवस्था गरको हुनाले यो अधिकार हनन् भयो भने स्थानीयतहको विरुद्वमा व्यक्तिले मुद्वा लगाउन पाउने समेत व्यवस्था भएको बताउनुभयो । केन्द्रीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रमा केही वजेटको व्यवस्थापन गर्न सक्छन तर शिक्षा क्षेत्रको नीति तथा कार्यक्रम तय, योजना निर्माण, शिक्षक दरवन्दी मिलान, स्रोत सङ्कलन, स्थानीय आवश्यकताको आधारमा स्थानीय पाठ्याक्रम निर्माण गरी कार्यान्वय गर्ने लगायतका सम्पूर्ण कार्यहरु सम्पादन गर्ने अधिकार नेपालको संविधानले स्थानीयतहलाई प्रदान गरेको शिक्षा विद कोइरालाले कार्यक्रममा जानकारी गराउनुभयो ।

उहाँका अनुसार अब राज्यले के गरिदियो भन्नु भन्दा पनि हामीले गर्नुपर्दछ भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यक औल्याउनुभयो । कार्यक्रममा स्थानीयतहका प्रमुख लगायतका शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुले प्रस्तुत गरेका योजनाहरु उपयुक्त भएको समेत बताउनुभयो । कार्यक्रममा दशै ओटै स्थानीयतहका प्रमुखहरुले आफ्नो पञ्चे वर्षिय योजना २०७४ सालभित्र नै योजना तर्जुमा गर्ने समेत प्रतिवद्वता व्यक्त गरेको छन् ।

त्यसको प्राविधिक सहयोग आवश्यक परेको अवस्थामा जिल्ला शिक्षा कार्यालय लगायतका सरोकारवाला निकायहरुले सहयोगी भूमिका निर्वाह गर्ने समेत बताउएका छन् ।

 

कार्यक्रमा रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी, परिवर्तन गाउँपालिकाका अध्यक्ष जितजङ्ग डाँगी, सुकिदहका गाउँपाकिलका अध्यक्ष वीरबहादुर खत्री, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली, रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगर, माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगर, सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगर, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का, सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगर, थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क. लगायतको सरोकारवाला निकायहरुको दश समूहले शैक्षिक योजना सम्बन्धी व्यापक छलफलबाट निस्र्कष निकलिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको विशेष अतिथि रहेको कार्यक्रमको उद्वेश्य तथा जिल्ला शैक्षिक अवस्थाको प्रस्तुतिकरण जिल्ला शिक्षा अधिकारी कल्पणा घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला अध्यक्ष भिमप्रकाश पुनमगर, विद्यालय स्रोत, व्यक्ति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लव, सहयोगी संघ संस्था लगायतका सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो ।

जिल्ला शिक्षा समिति रोल्पा अध्यक्ष आशबहादुर बुढामगरको अध्यक्षतामा सञ्चालन भएको कार्यशाला गोष्ठी कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालय रोल्पाका प्र.श.अ. कर्णबहादुर पुनमगरले गर्नुभएको थियो भने सहभागिलाई स्वागत स्थानीय विकास अधिकारी शुसील वैद्यले गर्नुभएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्