एमाले माओवादी एकीकरण विषयले सबैतिर तरंग – कमल थापा



सैघाली खबर,
मकवानपुर, १८ कात्तिक।– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणको कुराले शंका उत्पन्न भएको बताउनुभएको छ ।
राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले शनिबारबाट हेटौँडामा सुरु गरेको प्रदेश नम्बर १, २ र ३ को अध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले दुई पार्टीको एकीकरणले सबैतिर तरंग र शंका उत्पन्न भएको बताउनुभयो । तर पार्टी एकिकरणलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

अबको समयमा राजनितिक परिवर्तनसँगै आर्थिक परिवर्तन हुन जरुरी रहेको अध्यक्ष थापाको भनाई छ ।

अहिलेको संविधानलाई आफ्नो पार्टीले आलोचनात्मक रुपमा समर्थन गरेको उहाँले बताउनुभयो । संविधान कार्यन्वयनको अन्तिम रुप आउँदो चुनाव भएको उहाँले बताउनुभयो ।
गणतन्त्र नेपालको संविधान कार्यान्वयनको लागि आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनाव महत्वपूर्ण भएको उहाँको भनाई रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्