साफ च्याम्पीयनसीपका लागि खेल मैदानको मर्मत




सैघाली खबर

दाङ १८ कार्तिक । साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताको लागि खेल मैदानको मर्मत मर्मत कार्य जारी रहेको छ ।घोराही उपमहानगरपालिका १५ स्थित भरतपुर खेल मैदानलाई मर्मत गर्ने कार्य तिव्र रुपमा भईरहेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र दाङ जिल्ला फुटबल संघको रोहवरमा हुने राष्ट्रिय च्याम्पीयनसीप पुरुष फुटबल प्रतियोगीता दाङमा हुने निश्चीत भएसँगै घोराहीका लागि खेल मैदान मर्मत एवं व्यवस्थापन तीव्र रुपमा आयोजक पक्षले जानकारी दिएको छ ।केही दिन अगाडी जिल्ला फुटबल संघका सदस्य बुद्धिराम पुनको संयोजकत्वमा गठन भएको मैदान व्यवस्थापन समितिले तीव्र रुपमा मर्मत गरिरहेको छ । आज शनिवारदेखी द लोटस ट्रेनिङ सेन्टर, द ब्रेभ गोर्खा, स्यालुट गोर्खा ट्रेनिङ सेन्टर र किसान जागृत युवा क्लबका गरि ३ सय बढि युवाहरुले मैदान व्यवस्थापनको काममा खटिएको पुनले जानकारी दिनु भयो ।५ वटा विकास क्षेत्र र तीन बिभागीय टोली सहित ८ टिमको सहभागीतामा लिग चरणमा प्रतियोगीता हुने छ । खेल दाङको घोराही र तुलसीपुरमा हुने फुटबल संघ दाङका अध्यक्ष भुपेन्द्रविक्रम थापाले जानकारी दिनुभयो ।मैदान वरिपरी छेकवार ९नाला० गरेर मैदान सम्याउने काम र पानी सिचाई गरेर दुबो उमार्ने काम भईरहेको मैदान व्यवस्थापन समितिका सदस्य एवं फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिताको मिति केही दिनमा केन्द्रबाट आधिकारिक जानकारी हुने पुनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्