ट्रान्समिटर प्रकरणमा अख्तियारको फन्दामा पुर्वमुख्य सचिव क्षेत्री र आइजीपी अर्याल



सैघाली खबर
काठमाण्डौ, १९ कार्तिक । केही दिनअघि मात्रै मुख्यसचिव पदबाट अवकास पाएका राजेन्द्र किशोर क्षेत्रीलाई ट्रान्सफर्मर खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले बयानका लागि बोलाएको छ । अख्तियार स्रोतका अनुसार क्षेत्रीलाई अहिले अख्तियार मुख्यालय टंगालमा बोलाएर अनुसन्धान अधिकृतहरुले बयान लिईरहेका छन् ।
२०७० भदौमा अख्तियारले ट्रान्समिटर खरिदमा घोटाला भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि मध्यस्तकर्ता नियुक्त गरेर प्राधिकरणको रकम अनियमीत तरिकाले खर्च गरेको र अदालतलाई समेत प्रभावित पार्न खोजेपछि क्षेत्रीलाई अख्तियारले बयान लिएको बताईएको छ ।

क्षेत्रीसँगै अदालतलाई प्रभावित पार्न खोजेको आरोपमा प्राधिकरणका तत्कालिन बोर्ड पदाधिकारी एवं तत्कालिन उर्जा सचिव अर्जुन कुमार कार्की र विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले बयान लिईरहेको छ । अर्जुन कार्की नेपाल सरकारको बहालवाल सचिव हुन् भने पण्डित पुर्व सचिव हुन् । पण्डितले पनि केही समयअघि मात्रै अवकास पाएका थिए ।

राजेन्द्र किशोरसहित अन्य दुई जनाको बयान सकिएपछि प्राधिकरणका तत्कालिन बोर्ड सदस्यहरु सन्तोष नारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोज कुमार मिश्र, रामचन्द्र पाण्डे र विवेक तातेड समेतलाई बोलाउने तयारी भईरहेको अख्तियारका उच्च अधिकारीले बताए ।

पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालसँग अख्तियारले माग्यो सम्पत्ति विवरण

यता, पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग अख्तियारले सम्पत्ति विवरण मागेको छ । अकुत सम्पत्ति कमाएको उजुरी परेसँगै आयोगले बोलाएर आइतबार अर्याललाई ‘१३ पान्ने’ भराएको अख्तियार स्रोतले जनाएको छ ।

अर्यालसँगै शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई पनि अख्तियारले १३ पान्ने फारम भराएको छ ।

अख्तियार स्रोतका अनुसार अकुत सम्पती आर्जन गरेको आशंकामा आयोगले काठमाडौं महानगरपालिकाका डिएसपीद्वय धनपती सापकोटा र राजेन्द्र पाण्डेलाई आयोगमा बोलाएर बयान लिन शुरु गरेको छ । ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्