कपिलवस्तुमा एक युवक मृत फेला



कपिलवस्तुमा एक युवक मृत फेला परेका छन् ।

कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० बर्षीय राम सुरत कुर्मी महाराजगन्ज नगरपालिका वडा नं ४ को राजपुरमा आज बिहान मृत फेला परेका हुन् । हुलाकी राजमार्ग नजिकै रहेको पोखरी डुबेको अवस्थामा कुर्मीको शब फेला परेको थियो ।

शव पोष्टमार्टको लागि जिल्ला अस्पाताल तौलिहवा लगेको बताइएको छ । शव पोष्टमार्ट पछी उनको परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । आज विहान राजपुरका स्थानीयले शब देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

शब नजिकै लु ४ प ९६९९ नम्बरको हिरो होण्डाको स्पेलैन्डर मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिएका छन् । उनको हत्या भएको भन्दै आफन्तहरुले सत्य तथ्य पत्ता लगाउन माग गरेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्