पाँच बर्षमा देउखुरी संमृद्ध बनाउँछौ गठबन्धन




सैघाली खबर
दाङ, २२ कार्तिक । ५ बर्षमा भित्र देउखुरी संमृृद्ध गराउने बनाउँने बामगठबन्धनका नेताहरुले वताएका छन् । प्रेस चौधरी र प्रेस सेन्टर दाङले लमहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्ने नेताहरुले यस्तो वताएका हुन । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार मेटमणी चौधरीले देउखुरीलाई शिक्षा र पर्यटनको केन्द्रका रुपमा विकास गर्ने वताउनु भएको थियो । त्यस अबसरमा बोल्दै चौधरीले देउखुरी क्षेत्रको विकासका लागि बिज्ञ टोलीको निर्माण गुरु योजनाका साथ अगाडी बढ्ने उल्लेख गर्नुभयो ।

 

 

 

 

अबको पाँच बर्षमा देउखुरी क्षेत्रमा प्रत्येक घर घरमा रहेको खरको छानो हटाई टिनको व्यवस्था गर्ने प्रतिबध्ता व्यक्त गर्नु भएको थियो ।संमृद्ध ५ नं. प्रदेशको राजधानी दाङमै निर्माण गर्ने उदेश्यका साथ बाम गठबन्धन लागेको वताउँदै राप्ती पारीको विकासका लागि राप्ती नदीमा एक एक किलो मिटरको फरकमा पक्कीपुल निमार्ण गरी जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने वताउनुभयो ।यस क्षेत्रमा अधिकासं मठ मन्दिर, गुठी र विश्व विद्यालयको जमिन किसानले जोतभोग गर्दै आएको उल्लेख गर्दै उक्त जमीन किसानलाई रैकरमा परिणत गरी प्रदान गर्ने वताउनुभयो । बाम गठबन्धन संग संमग्र देउखुरी क्षेत्रको विकासको एजेण्डा सहित निर्वाचनका होमिएको वताउँदै अब छिटै दाङ संमृद्ध बन्ने अभियानमा लागेको वताउनुभयो ।

 

 

कार्यक्रममा बोल्दै क्षेत्र नं. १ प्रदेश सभा १ का उम्मेदवार इन्दजीत थारुले निर्वाचन दाङको संमग्र विकासका लागि कोईलावास नाका छिट्टै खोल्न पहल थाल्ने वताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थारुले संमग्र जनताको मैलिक हक गाँस,बाँस, कपासको व्यवस्था ग्यारेन्टी गरिने समेत उल्लेख गर्नुभयो । । बैज्ञानिक भु उपयोग निति बनाएर गरिब किसानलाई जग्गाको मालिक बनाउँने योजना आफुहरु संग रहेको उल्लेख गर्दै त्यसका लागि सूर्य र हसियाँ हतौडामा मतदान गरी बाम गठबन्धनलाई विजयी गराउन समेत आग्रह गर्नुभयो ।

नेपालका बामशक्ति संविद्यान कार्यान्वयनको चरणमा जुटेको उल्लेख गर्दै थारुले देउखुरी संगै समग्र पाँच नं. प्रदेशको विश्वविद्यालय देउखुरीमा स्थापना गरी जनताको आबश्यकता अनुसार शिक्षा निति बनाएर पठन पाठन संचालन गर्ने उल्लेख गर्नुभयो ।अबको पाँच बर्षमा दाङलाई खाद्यन्नमा आत्म निर्भर बनाउनका लागि विशेष योजनाका साथ अगाडी बढ्ने भन्दै स्थानिय खोलानाला र नदिको सदुपयोग गरी जलविद्युत्त उत्पादन गर्ने लक्ष्य समेत गठबन्धनले राखेको वताउनुभयो । यस्तै क्षेत्र नं. १ का २ का प्रदेश उम्मेदवार रेवती रमण शर्माले प्रदेश स्तरिय लोकमार्ग निर्माण गर्नका लागी आफुले पहल थाल्ने वताउनुभयो पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर दाङका उपाध्यक्ष दिबाकर पोखरेलको अध्यक्षता सम्पन्न भएको थियो । प्रेस सेन्टर दाङका सह सचिव जनक नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण दशरथ घिमिरेले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्