मगर,थारु र जनजातीको सँस्कृती संरक्षणमा राज्यको ध्यान पुगेन सांसद ः चौधरी



प्रेम विवश घर्ती मगर

दाङ

नेपाल मगर संघ तुलसीपुर नगर समिति ले आज माघि विशेष साँस्कृतिक कार्यक्रम गरेको छ । माघे सक्रान्ती पर्व लाई मगर समुदायले मुख्य पर्व को रुपमा मनाउदै आएको ले माघी को अवसर मा मगर संस्कृती को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य का साथ गरिएको कार्यक्रम प्रतिकुल मौसमका बावजुत पनि तुलसीपुर ७ गणेशपुर बराहथान मा सप्पन्न भएको हो ।

नेपाल मगर संघ तुलसीपुर को अध्यक्ष राम कुमार घर्ती को अध्यक्षता तथा प्रदेश सांसद डिल्ली चौधरी को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा विभिन्न मगर संस्कार सँस्कृती झल्किने साङ्गितिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम मा प्रमुख अतिथी डिल्ली चौधरी ले सरकार ले मगर , थारु र जनजाति को कला सँस्कृती , तथा रहन सहन लाई सरकार ले सम्बोधन गर्न नसकेको बताएका छन । मगर जाती ठूलो जनसंख्या को रुपमा देश मा हुनु र मगर का संस्कार सँस्कृती लाई सम्बोधन गर्न नसक्नु दुखद कुरा भएको बताएका छन ।

त्यस्तै कार्यक्रम मा गायक प्रेम विवश घर्ती मगर, शान्ता घर्ती मगर, पुर्ण पुन मगर , सन्ध्या मगर , ममता मगर दत्त बुढा मगर, शुरेस सि. एन लगायत को बेजोड प्रस्तुति रहेको थियो भने मगर सस्कार अनुसर चेली पुज्ने , धनुषवाण हान्ने कार्यक्रम पनि भएको थियो ।

नेपाल मगर संघ तुलसीपुर नगर समिति को आयोजना र पुर्वी रुकुम तकसेरा समाज तुलसीपुर दाङ को सह आयोजना मा भएको कार्यक्रम्मा नेपाल मगर संघ प्रदेश पाँचका सदस्य सारदा पुन मगर , नेपाल मगर वौद्ध सेवा समाज प्रदेश पाँचका उपाध्यक्ष बलभद्र कुसारी ले बोल्न भएको थियो भने तुलसीपुर नगर समितीका सचिव टीकाराम पुन मगर ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्