बुटवल राजधानी भयो भन्ने निराधार हल्ला मात्र हो महरा




सैघाली खबर
दाङ, २२ कार्तिक । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ५नं. प्रदेशको अस्थाथी राजधानी वुटवल भयो भन्नु निराधार हल्ला मात्र भएको वताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले घोराहीमा आयोजना गरेका संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो । मन्त्री महराले प्रदेशको राजधानी निर्वाचन पछि बाम गठवन्धको सरकारले मात्र तोक्ने बताउदै यस विषयमा भ्रममा नपर्न दंगाली जनतालाई आग्रह गर्नुभयो । राजधानीका विषयमा बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा संग फोनमा कुराकानी भएको वताउँदै देउवाले राजधानीका विषयमा कुनै निर्णय नगरे वताउनुभयो । मन्त्री महराले ५ नं. प्रदेशको राजधानी दाङ हुनेमा कुनै मतभेद नरहेको उल्लेख गर्दै त्यसका बाम गठबन्धनले दाङ राजधानी जसरी भएपनि वनाउने वताउनुभयो ।


चुनाव पछि एउटै कम्युनिष्ट पार्टी बन्ने उद्घोष गर्दै महराले एमाले र माओवादीको एकता ऐतिहासिक आबस्यकता भएको वताउँदै चुनावी तालमेल संगै पार्टी एकता सम्म पुग्ने लक्ष्य दुवै पार्टीले राखेको वताउनुभयो । बाम एकता देखेर जनता र परिवर्तन विरोधी तर्सिएको उल्लेख गर्दै बाम तालमेल पार्टी एकतामा रुपान्तर हुदा गरिब,किसान र मजदुर उत्साहित भएको वताउनुभयो । यस्तै एमाले नेता शंकर पोखरेलले पार्टी एकता सुनिश्चित भएको वताउनु भएको थियो । चुनावी अभियानमा क्रममा आफ्ना कार्यकर्तालाई माओवादीले एमाले र एमालेले माओवादीको प्रचार गर्न समेत निर्देशन गर्नुभयो । नेपाली काँग्रेसले पुजिपती वर्गको पार्टी भएको वताउँदै जनताका पक्षमा उसले काम गर्न नसक्ने औल्याउनु भयो । कार्यकर्ता प्रशिक्षण कार्यक्रम क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्मा डायमण्डको अध्यक्षता सम्पन्न भएको थियो । भने कार्यक्रमको सञ्चालन सह संयोजक देवराज विश्वकर्माले गर्नु भएको थियो । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा झण्डै एक हजार नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्