दुर्घटनामा ओलीको मृत्यु



रोल्पा । दाङ्गबाट रोल्पा जाँदै गरेको जिप आइतबार (आज) २ बजे दुर्घटना भएको छ । १४ यात्रु बोकेको मे १ ज -१९१५ नम्बरको जिप रोल्पाको त्रिबेणी गाउँपालिका बुडागाउँ ४ झेबाङ खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामापरि माडिगाउँपालिका तुसारपानीका अन्दाजी ३७ बर्षिय मन्सुर ओलीको मृत्यु भएको प्रहरी चौकी जुँगारका इन्चार्ज तथा असहि यज्ञ मणि बैधिकले बताए । उनका अनुसार २-३ जना सामान्य घाइते भएको र घाइतेहरुलाई स्थानीय मेडिकलहरुमा सामान्य प्राथामिक उपचार पछि सकुसल घरफर्किएको बताए ।

आज (आइतबार) बिहान दाङबाट रोल्पाको जुँगार हुँदै घर्तीगाउँ -ओत जाने जिप करिब २ बजे तिर दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार जिपले यात्रु बाहेक ओभरलोड हुनेगरि माल सामान बोकेको जनाएका छन् ।

जिप हिड्ने कच्चीबाटो पानी परेको कारण चिप्लो हुँदा अनकन्ट्रोलभई बाटोमै पल्टिएको हो । उक्त बाटो प्रति जनप्रतिनिधीहरुले मर्मत संहारका लागि चासो नदेखाउदा जोखिम पूर्ण रहेको यात्रुहरु बताउछन । प्रत्यक्षदर्सि तथा यात्रु सन्दिप थापा भन्छन, ‘बाटोको निकै जोखिम पूर्ण छ, खाल्डा खुल्डिका कारण जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्