अवैध गर्भपन गराएको आरोप दुई जना पक्राउ



सैघाली खबर
दाङ, २२ कार्तिक । करकाप गरी अवैध गर्भपतन गराउन लगाएको आरोपमा दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घोराही उप(महानगरपालिका वडा नं।(१५ क्याम्पस रोड स्थित किरण भण्डारीले आफ्नै घरमा पियुष नामक मेडिकल संचालन गरी अवैध रुपमा गर्भपतन गराउने गरेको सुचना आधारमा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार उप(महानगरपालिका वडा नं।१५ बस्ने बर्ष ४० की किरण भण्डारी र घोराही उप(महानगरपालिका वडा नं।(३ झिङनी बस्ने बर्ष ४२ की कल्पना श्रेष्ठको मिलेमतोमा उप(महानगरपालिका वडा नं।(३ झिङनी बस्ने बर्ष २५ की शान्ति चौधरीको गर्भमा रहेको बच्चालाई करकापमा फाल्न लगाएका थिए ।

चौधरी लाई जवरजस्ती भण्डारी र श्रेष्ठले मेष्ट्रोल नामक औषधी सेवन २२ हप्ताको पुरुष जातिको भ्रुण९शिशु० लाई हत्या गरी जन्माउन लगाएको आरोप छ । आरोपित दुवैलाई गर्भपतन गरेको मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको ।

यसैविच जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्तीकरणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका ५ का भिम वहादुर गिरीले आफ्नै १४ वर्षिया झट्केली जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको हो । गिरीले डरक्रास देखाई पटक–पटक पिडितलाई करणी गर्दै आएको घटनाको अनुसन्धानवाट खुल्न आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्