उपसभामुख तुम्बाहाङ्फेद्धारा राजीनामा



उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकि छिन् । साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता गर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फे नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने निश्कर्षमा आफू पुगेको बताएकी हुन् । बैठकको अध्यक्षता गर्दै छोटो मन्तव्य दिएपछि उनले बैठक चार बजेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि बन्धक बनेको संघीय संसदको बैठक अब सुचारु हुने भएको छ । औपचारिक राजीनामा दिनुअघि बैठकको अध्यक्षता गर्दै आफ्नो भनाइ राख्ने इच्छा राखेपछि त्यहीअनुसार दुईवटा बैठक राखिएको हो ।

सभामुख निर्वाचन कार्यक्रम र मिति घोषण गर्ने कार्यक्रम अब अर्को बैठकमा हुनेछ । त्यसअघि शिवमायाले औपचारिक राजीनामा दिनेछन् । बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि संसदको बैठक अघि नै राजीनामा दिनका लागि उपसभामुख शिवमायालाई निर्देशन दिइएको थियो ।

उपसभामुखको राजीनामा नआउँदा सभामुखको निर्वाचन कार्यक्रम अघि बढाउन पनि संसद् सचिवालयलाई अप्ठ्यारो पर्ने भएकोलले सचिवालयले उपसभामुखको राजीनामा कुरिरहेको सचिवालयका एक अधिकारीले बताए । राजीनामा नआएसम्म ज्येष्ठ सदस्यलाई सभामुखको रुपमा चयन गर्ने प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यले सभामुखको रुपमा सभा संचालन गर्नेछन् । प्रतिनिधिसभामा ज्येष्ठ सदस्य महन्थ ठाकुर छन् । उनले पनि राष्ट्रपतिसमक्ष शपथ लिनुपर्नेहुन्छ । राष्ट्रियसभाको निर्वाचनपछि सभामुख निर्वाचनको कार्यक्रम तय हुने संभावना छ ।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’मा प्रवेश गर्न पाएको छैन । सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्