घोराही–तुलसीपुर सडक चार लेन बनाउन सुरु



दाङ । घोराही तुलसीपुर जोड्ने सडक चार लेन बनाउन सुरु भएको छ । संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय स्थापना गरी पहिलो चरणमा घोराहीको बबई नदी देखि तुलसीपुर सम्मको सडक विस्तार गरी चार लेन बनाउन सुरु गरिएको हो ।

पहिलो चरणमा घोराहीको बबई नदी देखि तुलसीपुर सम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४. ४ किलोमिटर मात्रै चार लेनको हुनेछ भने बाँकी करिब १४ किलोमिटर दुई लेनको हुनेछ ।

भारतीय एक्जिम बैंकको सहयोगमा एक करोड २१ लख ८२ हजार अमेरिकी डलर अर्थात २ अर्ब २ करोड रुपैयाँको लागतमा फोर लेन सडकको काम सम्पन्न हुनेछ । सडक क्षेत्र मानविय अतिक्रमणमा नपरेको तथा बिजुली टेलिफोनका तार र रुख हटाउने प्रकृया सुरु भैसकेकाले सडक विस्तारको काम निर्धारीत समयमै सकिने सडक अयोजनाका कन्सलटेण्ट ईश्वरी प्रसाद अम्गाईले जानकारी दिए ।

जिल्लामा सवारीको चाँप बढेपनि सडकको क्षेत्र पुरानै भएकाले दुर्घटना बढदै गएको तथा प्रदेश सरकारले घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने योजना बनाइरहेको बेला दुई उपमहानगर जोड्ने सडक चार लेनको हुनुलाई दङालीहरुले महत्वपूर्ण कार्य मानेका छन् । सडक विस्तारको काम भने स्थान अनुसारले कतै दुई लेन त कतै चार लेनको हुने भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोजेक्टका कन्सल्टेण्ट इञ्जिनियर ईश्वरी प्रसाद अम्गाईले बताए ।

सन् २०१९ फेब्रुबरी मा नेपाल सरकारसँग ठेक्का सम्झौता भई काम सुरु गरेको भारतीय निर्माण कम्पनीले ३० महिना भित्र अर्थात सन् २०२१ अगस्ट भित्र सडक विस्तारको सबै काम सक्नु पर्ने छ । अहिले तुलसीपुरको हात्तिखौवा देखि घोराहीको कपासी बगिया सम्मको सडक क्षेत्रमा काम भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्