जग्गाको मालिक किसानलाई बनाउँछौ महरा 



सैघाली खबर

दाङ, २३ कार्तिक ।  नेकपा माओवादी केन्द्रका नेता तथा उप प्रधानमन्त्री कृष्णबहादुर महराले जग्गाको मालिक  किसानलाई बनाउँने वताउनु भएको छ । घोराही उप महानगरपालीका १४ झिगौराका सहिद परिवार तथा  किसानहरु संग हरु संग भेटघाट गर्दै  नेता महराले यस्तो वताउनु भएको हो । यस क्षेत्रमा अधिकासं मठ मन्दिर, गुठीको जग्गा किसानले जोत भोगगर्दै आएको वताउँदै उक्त जग्गा  किसानलाई रैकरमा  परिणत गरी जग्गाको मालिक बनाउँने अभियान माओवादी केन्द्रले थालेको वताउनुभयो । नेता महराले किसानहरुको हकहितका लागि लडेको पार्टि नेकपा माओवादी केन्द्रले किसानका मुद्धामा कहिले पनि संझौता नगर्ने बताउनुभयो । दाङमा  तीन सय भन्दावढि भुमि सम्वन्धी समस्या रहेको उल्लेख गर्दै नेता महराले अहिलेको निर्वाचनपछि वन्ने स्थायी सरकारले त्यसको अन्त्य गर्ने बताएकाछन् । आफु पटकपटक मन्त्री हुँदा पनि मुमिसुधार मन्त्री अर्को पार्टिको भएकाले यो समस्याको समाधान गर्न नसकेको नेता महराको भनाई छ ।

किसान आन्दोलनका वेला जमिनको स्वामित्वका लागि लड्दालड्दै सहादत प्राप्त गर्ने ति महान सहिदहरुको बलिदानीलाई खेरजान नदिने बताएकाछन् । किसानको समस्या समाधानका लागि लाग्दा पनि अन्य कुनै दलले सहयोग नगरेका कारण पनि मोहीयानी समस्या समाधान गर्न नसकेको नेता महराले उल्लेख गर्नुभयो ।अहिले बाम गठवन्धनले संयुक्त घोषणा पत्रमा भुमि समस्याको अन्त्यका उल्लेख गरेको बताउदै नेता महराले यो १० वर्षमा सामन्तवादी सोच भएका मानिसहरुका कारण जमिनमा भएको द्वैध स्वामित्व अन्य गर्न नसकिने बताउनुभयो ।  कार्यक्रममा जनयुद्धका सहिद ओमभक्त चौधरी “विजय”की आमा प्रदेशी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा झिगौराका किसान प्रभु चौधरी, भक्तबहादुर चौधरी, लालबहादुर चौधरी लगाएतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन किर्तिमान पुनले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्