जनताको सेवा गर्छु भन्ने उपमेयर अमेरिकाको सुखसयलमै ब्यस्त




कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी कालिकोटको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना) सम्पर्र्किवहीन भएकी छन् । नगरपालिकाको संम्र्पकमा नआउने गरेकाले पनि ‘जनताको सेवा गर्छुभन्ने उपमेयर अमेरिकाको सुखसयलमै व्यस्थ’ भनेर स्थानिय जनताले समेत टिकाटिप्णी गर्ने गरेको पाईएको छ ।

सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार अहिलेसम्म उनले नगरपालिकामा कुनै जानकारी दिएकी छैनन् ।
‘उपमेयरले अमेरिका भ्रमण जाने भनेर नगरपालिकाको पत्र माग्नुभएको थियो । नगरपालिका प्रमुख रतनबहादुर शाहीले पत्रका विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा उठाउनुभयो । तर अमेरिका केका लागि जाने, किन जाने लगायत प्रश्न कार्यपालिकामा उठेपछि मेयरले नगरबाट पत्र दिनुभएन । त्यसपछि उहाँ काठमाडौं जानुभयो,’ वडाध्यक्ष न्यौपानेले बताए ।

तिलागुफाका मेयर रतनबहादुर शाहीले पनि दर्शना अमेरिका पुगेपछि आफूसँग एकपटक मात्रै सम्पर्क गरेको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको बताए । शाही भन्छन, ‘अहिले उपमेयर नेपालीको फेसबुक पनि निष्क्रिय छ । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन भनी गत कात्तिकमा अमेरिका जानुभएको बुझेको छु । नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको हो । एक पटक उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न ।’
उपमेयर नगरपालिकामा नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधान अनुसार अधिकांश योजनाको भुक्तानी समस्या भएको मेयर शाहीले बताए ।

ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको उनको भनाइ छ । २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट दन्ता १ हजार ८ सय ४३ मत ल्याएर उपमेयरमा निर्र्वािचत भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी शाहीले १ हजार २ सय ६० मत ल्याएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्