प्रहरीको गोली प्रहारबाट मृत्यु भएका गुरागाईलाई सहिद घोषणा




सरकारले प्रहरीको गोली प्रहारबाट मृत्यु भएका नेत्रप्रसाद गुरागाईलाई सहिद घोषणा गरेको छ ।

तेह्रथुम जिल्लामा कम्युनिस्ट पार्टीको सदस्यको रूपमा गतिविधि सञ्चालन गर्ने क्रममा समातिएका उनको २०१९ कात्तिक २९ गते प्रहरीको गाली प्रहारबाट मारिएका थिए ।

उनले योगदानको कदर गर्दै सहिद घोषणा गर्ने निर्णय गरिएको बिहीबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्