राष्ट्रियसभा निर्वाचन : सबै सिटमा नेकपा गठबन्धन विजयी, कांग्रेस ‘निल’

यी हुन् राष्ट्रियसभा सदस्यमा निर्वाचित


काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सवै उम्मेद्वार विजयी भएका छन् । १८ सिट मध्ये १६ सिटमा नेकपाले जितेको हो । बाँकी दुई सिट भने नेकपाले गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीका सांसद विजयी भएका छन् । नेपाली कांग्रेस र उसले गठबन्धन गरेको समाजवादी पार्टीका भने सवै उम्मेद्वार पराजित भए । यो सँगै, कांग्रेसले राष्ट्रियसभामा सात सिट गुमाएको छ ।

बिहीबार भएको निर्वाचनबाट प्रदेश–१ मा नेकपाका उम्मेद्वारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वा्चित भए । प्रदेश–२ बाट नेकपाका तुलसाकुमारी दाहाल र राधेश्याम पासवान विजयी भए भने राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह निर्वा्चित भए ।

बागमतीबाट नेकपाका गंगाकुमारी बेलबासे र देवुराम भुसाल निर्वा्चित भए । गण्डकी प्रदेशमा दुई पदका लागि भएको दुवै सिट नेकपाले जित्यो । नेकपाका उम्मेद्वार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भए ।

प्रदेश–५ बाट नेकपाकै बिमला घिमिरे र जगप्रसाद शर्मा विजयी भए । कर्णाली र सूदुरपश्चिमबाट पनि नेकपाकै उम्मेद्वार विजयी भए । कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा तथा सूदुरपश्चिम प्रदेशबाट शारदादेवी भट्ट र तारामान स्वाँर विजयी भए । कांग्रेसले समाजवादी पार्टीलाई २ सिट दिएर गठबन्धन गरेको थियो । तर, एकै सिट पनि जित्न सकेन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्