कांग्रेसको गाँउ केन्द्रित चुनावी अभियान



सैघाली खबर
दाङ, २३ कार्तिक मंसीर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि काग्रेस दाङले चुनावी कार्यक्रम गाँउ केन्द्रित गरेको छ । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका उमेद्वारहरु चुनावी प्रचार प्रसार अभियान गाँउ केन्द्रित गरेका हुन निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका उमेद्वार सुशीला चौधरी, २ का उमेद्वार राजु खनाल र ३ का उमेद्वार दिपक गिरीले चुनावी प्रचारलाई गाँउ केन्द्रित बनाएका हुन ।प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले जिल्लाको समृद्धि नेपाली काग्रेसले मात्र गर्न सक्ने बताउनुभएको छ । चुनावी प्रचार प्रसार अभियान अन्तरगत अन्तर्गत घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा सर्वसाधारण संग भेटघाट गर्दै खनालले जिल्लालाई समृद्ध बनाउने काम कांग्रेसलेमात्र गर्न सक्ने बताउनुभयो । नेपाली काँग्रेसकै नेतृत्वमा सरकारले दाङको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत, सिचाईका क्षेत्रमा महत्वपुर्ण काम गरेपनि प्रचार नहुँदा अन्य दलहरुले आँपूले गरेको दाबी गर्नुभयो

दाङको विकास कांग्रेसले मात्र गर्छ गिरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसले मात्र विकास र समृद्धि ल्याउन सक्ने बताउनुभयो । नेपाली कांग्रेस तुल्सीपुर उपमहानगरपालिका आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका गिरीले विकास र समृद्धिको पर्यायवाची पार्टी कांग्रेस भएको बताउनुभयो । नेपाल र नेपालीका लागी सधै लागि पर्ने पार्टी कांग्रेस भएकाले कांग्रेसको पक्षमा मतदान गर्न गिरीले अनुरोध गर्नुभएको छ । निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरीले दांङलाई प्रादेशीक राजधानी बनाउन कांग्रेसले माध्यम तयार गरिरहेको बताउनुभयो

क्षेत्र नम्बर एकको प्रचार तीव्र
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले चुनावी प्रचारलाई तीव्र पारेको छ । वुधवार राजपुर, धर्ना र वेलामा अगुवा कार्यकर्ता भेटघाटसँगै प्रचारप्रसार गरेको यस क्षेत्रका उमेद्वारहरु प्रतिनीधिसभा उम्मेदवार सुशीला चौधरी र प्रदेश सभा क का उम्मेदवार जानकीलाल बस्नेत लगायत पार्टीका नेताहरुले विहीवार सिमलतारा, रामपुर, लक्ष्मीपुर, बालापुरका मतदाताहरुसँग भेटघाट गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्