१८ सय सवारी साधन कारवाहीमा, उठ्यो २० लाख राजस्व



अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले छ महिनाको अवधीमा २० लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६र०७७ को ६ महिनाको अवधीमा ट्राफिक नियम उलंघन गर्ने १ हजार ८ सय ३२ सवारीलाई कार्वाही गरी राजस्व संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ५ हजार ९ सय ४७ सवारी कारवाहीमा ३६ लाख ८४ हजार ५ सय राजस्व संकलन भएको अर्घाखाँचीका ट्राफिक प्रहरी प्रमुख खिमानन्द काफ्लेले जानकारी दिए ।

अघिल्लो वर्षको तथ्याड्ड भन्दा यो वर्ष राजस्व संकलन बढी हुने बताइएको छ ।

यो वर्ष ट्राफिक नियम कडाईका साथ लागू गरेपछि क्षमताभन्दा बढी यात्रु बोक्ने तथा छतमा यात्रु राख्ने कार्यमा कमी आएको र नियम विपरीत कार्य गर्नेलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्