गरिवी निवारणका लागि सिसहनियाँमा व्यवसाय सचेतना तालिम सुरू



ओमप्रकाश गुप्ता ,सिसहनियाँ । गरिवी निवारणका लागि सिसहनियाँमा व्यवसाय सचेतना तालिम सुरू भएको छ । तालीम दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा ८ दिने लघु उद्यम विकास कार्यक्रम अन्तरगत सुरू भएको हो ।

इन्टरप्राइज प्रोमोशन एण्ड रिसर्च सेन्टर नेपाल,जेभी विकास सहजीकरण संञ्जाल उदयपुरको आयोजना तथा घरेलुु तथा साना उद्योग कार्यालय दाङको सहयोगमा तालिम सुरू भएको आयोजनाले जनाएको छ ।तालीमको राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत तथा प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले उद्घाटन गरेका हुन्

। कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले युवामा बढ्दो बेरोजगारीको अन्त्य हुने तथा रोजगारीको सिर्जना हुने बताए । साथै उनले यस तालिमबाट गरिवी निवारणमा पनि सहयोग पुर्‍याउने उल्लेख गरे । तालिममा वडा नम्बर ५ का २१ जना महिलाहरूको सहभागीता रहेको छ । तालिमको प्रशिक्षकमा उद्यम विकास सहजकर्ता अन्जना बस्नेत रहेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्